काठमाडौं, २ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । सरकारले नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडी बढेको मन्त्री यादवले जानकारी दिएका छन् ।
कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्ति के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् बारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थपना गर्न लागेको मन्त्री यादवले जानकारी दिएका छन् । श्रमिक बैंक स्थापना गरि कार्यन्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समूह गठन गरि कार्य प्रारम्भ गरेको मन्त्री यादवले जानकारी दिएका छन् ।
मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यान्वयनबारे प्रस्तुतीकरण गरेका थिए । विकास र औद्योगिकरणले गति लिदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मदत पुर्याउने भएकोलेश्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारेका छन ।