गुमेको भूभाग फिर्ता लिने प्रकियाको नयाँ चरणमा आयौँ : प्रचण्ड

 न्यूज विराट
गुमेको भूभाग फिर्ता लिने प्रकियाको नयाँ चरणमा आयौँ : प्रचण्ड

काठमाडौं, ३१ जेठ-सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुमेको भूभाग फिर्ता लिने सम्वन्धमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार नेपालको गुमेको भू-भाग राखेर निशान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधनको दोस्रो प्रस्तावको दवाफार छलफलको क्रममा उनले यस्तो बताएका हुन् ।

अहिले संसदबाट हुन थालेको सर्वसहमत निर्णयले जनतालाई खुसी तुल्याएको बताएका छन् । राष्ट्रिय स्वाधिनता र अखण्डतालाई सुदृढ गर्न अभियान सुरु गरिएको उनले बताए । यो कार्यमा पार्टी विशेष र नेता विशेषलाई जस अपजस दिन नहुने बताएका बताए छन् ।

अहिले सुरु गरिएको अभियान नेपालको ऐतिहासिक अभियान सफल पार्ने कार्य भएको बताएका छन् । लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतका क्षेत्र भारतले समेत विवादमा छ भनेर स्वीकारेको विषयमा आफ्नो राजनीतिक नक्सामा पार्नुले नेपाललाई यो अभियानमा जान थप बाटो खुलेको बताएका छन् । उनले भारतले नक्सा प्रकाशित गर्दा नेपालसँग परामर्श नगर्नु गल्ती भएको बताएका हुन् ।

प्रचण्डले सर्वसम्मतिले पारित हुनु भनेको भारतसँग दूरी बढाउनु नभइ समस्या समाधानका लागि थप घच्घच्याउनु रहेको बताए । राजनीतिक स्वार्थका निम्ति राष्ट्रिय सम्वेदनशील विषयमा आफूहरू खेलवाड नगर्ने उल्लेख गर्दै भारत सरकारलाई नेपाली जनताको सम्वेदनशीलतालाई बुझ्न आग्रह गरे । उनीले विश्वलाई फेरि एक पटक राष्ट्रियताका मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश दिएको बताए ।

सम्बन्धित समाचार

बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

विराटनगर । बझाङ १ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न राजश्व कार्यालयको आग्रह

विराटनगर, २० फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगको समन्वय र आन्तरिक राजश्व...

बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल...

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम...

प्रदेशमा हड्ताल गरे जरिवानासहित कैद गर्ने विधेयक पेस

जनकपुरधाम, १६ असार-नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ । आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा...

आज गाई, गोरु, हली तिहार मनाइँदै

काठमाडौं, ३० कात्तिक-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्