आज कहाँ-कहाँ थपिए संक्रमित ?

 न्यूज विराट
आज कहाँ-कहाँ थपिए संक्रमित ?

काठमाडौं, ३० जेठ-नेपालमा शुक्रबार एकैदिन ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको कोभिड-१९ सम्बन्धी मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा ४४८ जना संक्रमित थपिएर जानकारी दिएका हुन् ।

शुक्रबार हालसम्मकै धेरै संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका कोरोना भाइरस संक्रमितसँगै देशभर ५ हजार बढीमा संक्रमण पुष्टि भएको हो । शुक्रबारसम्म ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फैलिँदा अहिलेसम्म ५ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण देखिनेमा प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा विराटनगरमा मोरङका २ पुरुष, झापाका ७ पुरुष, त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा महोत्तरीका १० पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका ८ पुरुष, पाटन अस्पतालको प्रयोगशालामा धादिङका १ पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सप्तरीका १७ पुरुष, उदयपुरका ३ पुरुष र सिराहका ११ जना पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

त्यसैगरी, कोसी अस्पताल प्रयोगशालामा इलामका १ पुरुष, झापाका ६ पुरुष, सुनसरीका १ महिला ९ पुरुष, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष  नवलपरासी पूर्वका १ पुरुष, तनहुँका १ पुरुष, भेरी अस्पतालको प्रयोगशालमा बर्दियाका २ महिला र १३ पुरुष, बाँकेकी १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी, टेकु अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ पुरुष, मोरङका १ पुरुष, धादिङका २ महिला र २५ पुरुष, प्रदेशिक प्रयोगशाला जनकपुरमा धनुषाका १४ पुरुष, महोत्तरीका ६ पुरुष, सर्लाहीका ३ पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तका १ महिला र ३ पुरुष, सर्लाहीका ४ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ महिला ५ पुरुष, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका ५ महिला र ३३ पुरुष, सुर्खेतका २ महिला ४३ पुरुष, प्रदेशिक प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २ पुरुष, गुल्मीका १ पुरुष, पाल्पाका १ पुरुष, प्यूठानका २ पुरुष, रुपन्देहीका ३ महिला र १३ पुरुष, नवलपरासी पश्चिमका १ महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ पुरुष, धादिङका १ पुरुष, धनुषाका १ पुरुष, नुवाकोटका १ पुरुष, रौतहटका ८६ पुरुष, काठमाडौंका १ महिला र सर्लाहीका ९ महिला ४१ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । जसमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन् ।

आज थप १६ जना डिस्चार्ज भएका छन् । जसमध्ये ४ जना महिला र १२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या   ८ सय ७७ पुगेको छ । जसमध्ये  ७ सय ८६ जना पुरुष रहेक छन् । कोरोना भाइरस संक्रमणलाई परास्त गर्ने महिलाको संख्या ९१ रहेको छ ।

शुक्रबारसम्म १ लाख २१ हजार ८ सय ६२ नुमनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ लाख ८८ हजार ५२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टाको अवधिमा ५ हजार ९ सय २५ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ९ हजार ९ सय ९९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबारसम्म देशभरका विभिन्न क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन् । त्यसैगरी ४ हजार १ सय ६९ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

स्वास्थ्य सामाग्री बोकेर उदयपुर आइपुगे सांसद खड्का

उदयपुर, २० वैशाख-प्रतिनिधिसभाका सांसद डा. नारायण खड्काले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।पीपीई, सर्जिलक र एन ९५ मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्सलगायतका सामाग्री लिएर काठमाडौंबाट उदयपुर आएका डा. खड्काले शुक्रबार...

बडादसैँको मुख्य दिन आज: आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै

काठमाडौँ, २९ असोज-(असोज २९ गते शुक्रबार प्रचारप्रसार गर्ने) नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे...

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

प्रचण्डसँगको भेटमा विष्णु पौडेलले भने : परिस्थिति धेरै गम्भीर छ

काठमाडौं, ५ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्डसँगको छलफलमा महासचिव पौडेलले पार्टीको वर्तमान परिस्थिति धेरै गम्भीर रहेको बताए ।...

कोरोना प्रभाव सिराइचुली मेला यस वर्ष स्थगित

मुग्लिन, ३०-चैत-पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

यी हुन नागरिकता बिद्येयकमा राष्ट्रपतिले उठाएको गम्भीर सवाल

काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...

दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्