कोरोना प्रभाव सिराइचुली मेला यस वर्ष स्थगित

 न्यूज विराट
कोरोना प्रभाव सिराइचुली मेला यस वर्ष स्थगित

मुग्लिन, ३०-चैत-पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना नहुने भएको हो ।

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीडाँडा समुद्री सतहदेखि करिब एक हजार ९ सय ४५ मिटरको उचाइमा छ ।

त्यहाँबाट बिहानी सूर्योदयसँगै तराईका फाँटहरुका साथै हिमालका आकर्षक दृश्यहरु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको थियो ।

हरेक वर्ष वैशाख १ गतेका दिन भव्य मेलासमेत लाग्ने भएका कारण नयाँ वर्षका दिन आउनेको भीड थामिनसक्नुको हुने गथ्र्यो । यतिबेला देश लकडाउनको अवस्थामा रहेको र कोरोना सङ्क्रमणमा सजगता अपनाउनुपर्ने भएकाले मेला स्थगन गरी सिराइचुलीडाँडामा कसैलाई पनि प्रवेश गर्न नदिइने भएको वडाध्यक्ष नन्दलाल गिरीले बताए ।

यसका लागि सिराइचुली प्रवेश गर्ने हरेक नाकामा आगन्तुक रोक्नका लागि स्थानीय गाउँटोलीवासीसँग आवश्यक समन्वय भइरहेको उनले बताए ।

गत वर्ष नयाँ वर्षका दिन करिब १ हजार ५ सय सिराइचुली अवलोकनका लागि आएको पनि वडाध्यक्ष गिरीले जानकारी दिए ।चितवनलगायत छिमेकी जिल्ला धदिङ र गोरखाबाट समेत मेला हेर्न आउने गरेको अध्यक्ष गिरीले बताए ।

पछिल्लो समय नयाँ वर्षको मेलाबाहेक अन्य दिनमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको पनि उनले बताए । यसैबीच गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गाउँपालिकाभित्र हुने सम्पूर्ण मेला महोत्सव आयोजना गर्न रोक लगाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । रासस

सम्बन्धित समाचार

शौच जान्छु भनेर मोरङ अदालतबाट फरार भए चेक अनादार मुद्दाका प्रतिवादी

विराटनगर । मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादार मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् । फरार हुने व्यक्ति विराटनगर–१३ निवासी ४० वर्षीय विजय शंकर झा हुन् । उनलाई अदालतले दुई वर्ष...

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ५-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि-२, ३, ६...

भारतमा जवानले गरे सहकर्मीमाथि अन्धाधुन्ध फाइरिङ, चार जनाकाे मृत्यु

एजेन्सी, २२ कात्तिक । भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार...

कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा ल्याईएको छ । गाउँपालिका नजिकैको शहिदचोकमा संघको कार्यालय संचालनमा आएको हो । सो ठाउँमा आयोजित कार्यक्रमकाबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले संघको कार्यालय कोठाको...

परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

विराटनगर, ७ चैत । परोपकार अभियान समूह विराटनगरले तीन जनालाई सम्मान गरेको छ । परोपकार अभियान समूहको १४ औं बार्षिक साधारणसभाका अवसरमा शनिबार विराटनगरमा तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा उपभोक्ताको हक हितमा...

पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए

पोखरा, ७ असार-पोखरामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका- १४ भेडीफारमका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ९० वर्षीय पुरुषको सम्पर्कमा आएका उनको पीसीआर जाँच...

यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । दुर्घटनापछि यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई शनिबार पक्राउ गरेको...

भोजपुरबाट धरान जाँदै गरेको ट्रकमा ब्राउन सुगर भेटियो

भोजपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्