१० राउण्ड हवाई फायर, ५ राउण्ड गोली, १ को मृत्यु, ३ घाइते

 न्यूज विराट
१० राउण्ड हवाई फायर, ५ राउण्ड गोली, १ को मृत्यु, ३ घाइते

जनकपुरधाम, ३० जेठ-सर्लाहीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट १ जनाको मृत्यु भएको छ भने ३ जना भारतीय नागरिक घाइते भएका छन् । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा प्रतिकार स्वरुप गोली चलाएको थियो । भारतसँग सीमा जोडिएको सो स्थलबाट ड्युटीमा खटिएका १ प्रहरीको हतियारसमेत उनीहरूले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको हो ।

सशस्त्र प्रहरीको फायरिङबाट ३ भारतीयलाई घुँडामूनि गोली लागेको छ । १ जनाको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ ।

शुक्रबार बिहान ४ जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै ती व्यापारीनजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सयौँको संख्यामा उनीहरू सीमामा आएको बताइएको छ ।

सम्बन्धित समाचार

काेराेनाविरुद्ध २० लाख भ्याक्सीन तयार : अमेरिका

एजेन्सी, जेठ २४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेभिड-१९ संक्रमणबाट बच्नका लागि आफ्नो देशले २० लाख भ्याक्सीन बनाएकाे दाबी गरेका छन् । भ्याक्सीन प्रयाेग गर्नका लागि तयार भइसके पनि वैज्ञानिकबाट प्रमाणित हुन बाँकी रहेकाे उनकाे भनाइ छ...

एनडिडिएमा नयाँ नेतृत्व, अध्यक्षमा शालिक राम आर्याल

विराटनगर । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

स्तरोन्नति नभएको भन्दै दक्षिणकालीमा विरोधस्वरूप सडकमै रोपाइँ

काठमाडौं, ८ असार-सरकारले जस्तै स्थानीय तहहरूले समेत विकास बजेट खर्च गर्न सक्दैन । तर, जनता भने विकास भएन भनेर विरोध गर्नुपर्ने बाध्यता छ । सोही क्रममा दक्षिणकाली नगरपालिका-३ का स्थानीयले सडक मर्मत तथा कालोपत्र नभएको...

ग्रामथानको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान, आजै राती १० बजेबाट गणना गर्ने तयारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...

मेरिल्याण्ड कलेजको भव्य भयो वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिका ७ मा रहेको मेरिल्याण्ड कलेजले २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कलेज परिसरमा आज विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक...

प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर...

अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्