सर्वोच्चले भन्योः लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

 न्यूज विराट
सर्वोच्चले भन्योः लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा बन्दाबन्दी खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।

‘नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ र १५ गतेभित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रुपमा खुलेपश्चात बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू’ आदेशमा भनिएको छ ।

अदालतले आदेशमा बन्दाबन्दीपश्चात् पनि केही अवधिसम्म सामाजिक दूरीलगायत अन्य विभिन्न सुरक्षित रहने उपाय अवलम्बन गर्नुपर्ने अवस्था, परिस्थितिलाई विचार गरी विवरण र कर दाखिला गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्न भनिएको छ ।

आदेशमा बन्दाबन्दी पूर्णरुपमा खुले पश्चात पुनः नयाँ परिस्थिति सिर्जना भै देशभर वा कुनै खास क्षेत्रमा प्रतिकूल अवस्था देखिएका कारण कर दाताहरुले आआफ्नो पेशा, रोजगार, उद्योग, व्यापार तथा व्यवसायको सञ्चालनमा कठिनाई देखिन आएमा न्यायोचित तबरले उपरोक्त बमोजिमको अवधिहरु पुनरावलोकन गरी नयाँ समयावधि तोक्नेतर्फ आवश्यक व्यवस्था मिलाउन भनिएको छ । आगामी असार ७ गतेसम्म कर तिर्नुपर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न  अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतको १३ जेठमा बसेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरासहित सर्वोच्च अदालतमा सबै (१९ जना) न्यायाधीशको वृहतपूर्ण इजलासले कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको बन्दाबन्दीको समयलाई शून्य अवधि मान्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार सर्वोच्च अदालतसहित देशभरका सम्र्पूण अदालत बन्दाबन्दीको अवधिलाई शून्य समय मन्ने र बन्दाबन्दी खुलेको ३० दिनभित्र उपस्थित हुने अदालतको निर्णयअनुसार काम भइरहेको छ । अदालतले कर तिर्ने विषयमा पनि बन्दाबन्दी खुलेको ३० दिनभित्र व्यवस्था गर्न आदेशमा भनेको छ ।

‘कोभिड-१९ को अवस्थामा केही अपवादबाहेक राज्यलाई साबिक समयमै कर र विवरण दाखिला गर्दै आएका करदातालाई आजको असहज परिस्थितिमा आइपरेका व्यावहारिक समस्यासमेत विचार गरी न्यायोचित सुविधा दिनबाट राज्य पन्छिनु वाञ्छनीय देखिँदैन’, आदेशमा भनिएको छ, ‘यस दृष्टिकोणबाट हेर्दा आन्तारिक राजश्व विभागको सूचनामा उल्लेख भएको समयावधिले करदातालाई सुविधा दिएको भन्दा पनि सन्त्रास सिर्जना गर्ने अवस्था देखिन्छ ।’

आदेशमा अहिलेको परिस्थितिलाई हेर्दा सरल, सहज अवस्था र परिस्थितिमा करदाताले राज्यलाई समयानूकल कर तिर्ने कर्तव्य हुन्छ भने असामान्य र असहज परिस्थितिमा राज्यले जनतालाई सहयोग र सुविधा दिनु पनि अपेक्षित हुने उल्लेख छ । बन्दाबन्दीको अवधिमा सरकारले कर तिर्न गरेको निर्णयलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्लेले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाईमा अदातलले उक्त आदेश जारी गरेको हो ।

आन्तारिक राजश्व विभागले २० जेठमा सूचना निकाली यही जेठ २५ गतेभित्र कर तिरिसक्न निर्देशन दिएको थियो । महामारीका कारण बन्दाबन्दी भएर सबै उद्योग, पेशा, व्यापारआदि बन्द भएको अवस्थामा कर तिर्ने निर्णयको आलोचना भएपछि सरकारले आगामी असार ७ सम्म गतेसम्म कर तिर्ने म्याद थप गरेको थियो ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गत चैत्र ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेको आज ८० दिन पुगेको छ । नागरिकले पेशा, व्यवसाय, उद्योगधन्दालगायत सञ्चालन गर्न पाएका छैनन् । यही विषम परिस्थितिलाई ध्यानमा राखी अदालतले बन्दाबन्दीमा कर तिर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  रासस 

सम्बन्धित समाचार

बराक ओबामासहित प्रतिष्ठित व्यक्तिको एकाउन्ट ह्याकिङको अनुसन्धान गर्दै ट्विटर

एजेन्सी, साउन १-विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ :मुख्यमन्त्री शाही

सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् । कोरोना भाइरसका कारणले लकडाउनमा परेका...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

विराटनगर,२४ मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै उहाँले आगामी आइतबार वस्ने क्यानको वैठकबाट...

समाजसेवी दिनबन्धु गोयलद्धारा १४ घर हस्तान्तरण

विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल...

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्