सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

 न्यूज विराट
सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् ।

यसअघि कोइरालालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए ।

उच्च अदालत पाटनले समेत २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो । तर, सर्वोच्चले उनको कैद सजाय घटाएको हो ।  कारागार विभागले कोइरालालाई जेलमुक्त गर्ने पत्र डिल्लीबजार कारागारलाई पठाएको थियो ।

कोइरालाले २७ पुस २०६८ मा श्रीमती गीता ढकालको बूढानीलकण्ठस्थित आफ्नै घरमा हत्या गरेका थिए । हत्यापछि गीताको शव सशस्त्र प्रहरी बलको बा८च ५४०८ नम्बरको गाडी प्रयोग गरेर मकवानपुरको पालुङ पु¥याएर जलाएका थिए । श्रीमती हत्या आरोपमा उनी ८ माघ २०६८ मा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

बालकोटमा जुट्यो सहमति : माधव छाडेका नेता एमालेमै रहने, भोलि स्थायी कमिटी बैठक

काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा...

प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै

देशभर कार्यरत सञ्चारकर्मीको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो...

देशभर मनसुन विस्तार, आज यी क्षेत्रमा छ भारी वर्षाकाे सम्भावना

देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, कर्णाली...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

झापा । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीको भित्री सडकमा विपरित दिशा बाट आउँदै गरेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना...

एमाले एकजुट बनाउन अध्यक्ष ओलीको बोल्ड निर्णय : माधवसहित चार नेतामाथिको कार्वाही फुकुवा

काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल,...

लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्