रिडेफ नेपालको दलित अभियान ‘देखाउने दाँत’ संस्था उमेश विश्वकर्माको ‘कमाईखाने भाँडो’

 न्यूज विराट
रिडेफ नेपालको दलित अभियान ‘देखाउने दाँत’ संस्था उमेश विश्वकर्माको ‘कमाईखाने भाँडो’

विराटनगर, जेठ २५–किर्ते, आर्थिक अनियमितता र कर छलीलगायतको विवादमा मुछिएको संस्था रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माको विषयमा विभिन्न खुलासा भएको छ । दलित समुदायको अधिकारका विषयमा वकालत र पैरवी गर्ने भन्दै एक्सन एड, समता पाउण्डेसन, ओपन सोसाइटी फाउण्डेसन, प्लान इन्टरनेशनल, वल्र्डभिजन लगायत विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्था, स्थानीय तथा प्रदेश सरकारबाट बजेट ल्याएर त्यसको दुरुपयोग गर्ने गरेको संस्थाकै सदस्यले आरोप लगाएका छन् ।

ती निकायबाट माग गरिएको बजेट प्रस्ताव अनुसार लक्षित बर्गमा खर्च गर्नुभन्दा पनि सकेसम्म न्युन खर्च गरेर अध्यक्ष उमेश विश्कर्माले बढी आफ्नै ‘दुनो’ सोझ्याउने गरेको नाम नबताउने शर्तमा ति सदस्यले बताए । उनका अनुसार चलन चल्तिको भन्दा कयौँ गुणा बढी खर्चदेखाएर अध्यक्ष उमेश विश्वकर्माले संस्था मार्फत लाभ लिँदै आएका छन् ।

विभिन्न होटलहरुमा गर्ने कार्यक्रममा हलभाडा, स्टेशनरी, उपकरण, खाना, खाजा, भत्ता, यातायात लगायतका खर्च आवश्यकता भन्दा कयौँ गुणा बढी देखाएर ‘ब्रम्हलुट’ मच्चाउँदै आएको संस्थाकै एक सदस्यले दावी गरे । कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुलाईसमेत वाइपास गरेर अध्यक्ष उमेश विश्वकर्माले संस्थामार्फत सँधै व्यक्तिगत लाभ लिने गरेको ति सदस्यको दावी छ ।

श्रोतका अनुसार केही वर्ष अघिसम्म विराटनगर बसपार्क नजिकै डेरा गरि बसेका अध्यक्ष विश्वकर्माले संस्थाको दुरुपयोग गरि अकुत सम्पत्ति जोडेका छन् । केही वर्ष अघिसम्म विराटनगरमा विहान बेलुका खान बस्न धौ–धौ परेका विश्वकर्माले छोटो अवधिमै विना काम, विना मेहनत र आय आर्जनको श्रोत बेगर संस्था मार्फतनै घर जग्गासमेत जोडेको समाचार श्रोतको दावी छ । अध्यक्ष विश्वकर्माले दलित समुदायको नाम भजाएर संस्थालाई कमाइखाने भाँडो बनाउदै आएको ती सदस्यले दावी गरे ।

को हुन् उमेश विश्वकर्मा
रिडेफ नेपालकै एक सदस्यका अनुसार अध्यक्ष उमेश विश्वकर्माको स्थायी घर साविक संखुवासभा जिल्लाको वाना गाविस वडा नं. ७ हो । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका विश्वकर्माले १० कक्षासमेत उतिर्ण नगरेको समाचार श्रोतले नाम उल्लेख नगर्ने शर्तमा बतायो । उक्त श्रोतका अनुसार उमेश विश्वकर्मा १० कक्षासमेत उतिर्ण गर्न नसकेर गाउँमा ‘बेघारी’ भएपछी विराटनगर हान्निएका हुन् ।

श्रोतका अनुसार शैक्षिक योग्यता नभएका कारण बेरोजागार भएपछी तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रका दलित अगुवा तथा बुद्धिजिविलाई रिझाएर विराटनगरमा उनीहरुकै लगानीमा जनसुधार नामक साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए । दलित समुदायका सवाल र सरोकारका विषयलाई प्रथामिकतामा राखेर प्रकाशन गर्ने भनिएको साप्ताहिक पत्रिकामा उनि कार्यकारी सम्पादकको भुमिकामा मात्र नभइ सर्वेसर्वा बनेको एक लगानीकर्ताले बताए ।

पछि आर्थिक हिसाब किताब अपारदर्शी, पत्रिकाको दुरुपयोग लगायतका गतिविधि भएर सवैले लगानी गर्न छाडिदिएपछी पत्रिका बन्द भएको ति लगानीकर्ताले दावी गरे । सो पत्रिकालाई एक्सनएड नामक संस्थालेसमेत दलित सवाल उठानका निमित्त सम्झौता गरेर आर्थिक सहयोग गरेको ति लगानीकर्ताले बताए । ‘त्यतिबेला सञ्चार माध्यामहरुमा दलित समुदायका सवालहरुले कमै मात्रामा प्रथामिकता पाउँथ्यो । दलित समुदायकै सवालहरु मात्र उठान गर्नुपर्ने आवश्यकता ठानेर पुजि लगानी गरि हामीले पत्रिका सञ्चालन गर्न सहयोग गरेका हौँ ।’ उनले भने,‘पछि पत्रिकाको दुरुपयोग, हिसाब किताव अपारदर्शी र काम राम्रो हुन नसकेर पत्रिका बन्द भएको हो ।’

समाचार श्रोतका अनुसार उनै उमेश विश्वकर्माले दलित गैर सरकारी संस्था महासंघ (डिएनएफलाई) विवादित बनाएर आफु स्थापित हुने रणनीति अपनाए । पत्रिका बन्द भएपछी बेरोजगार भएका उमेश विश्वकर्माले सजिलै पैसा कमाउन रिडेफ नेपाल संस्था खोलेका हुन् । तत्कालिन समयमा मोरङमा दलित अभियान सकृयरुपमा अघि बढाइरहेका केहीलाई साथमा लिएर उनले संस्था खोलेका हुन् ।

संस्था खोलेको केही वर्षमै अध्यक्ष विश्वकर्माले विभिन्न बहाना बनाउँदै सँधै व्यक्तिगत लाभ लिन थालेपछि निश्वार्थरुपले समुदायको हितमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने अन्य कार्यसमितिका पदाधिकारी र सदस्यहरुले विरोध जनाउन थाले । उक्त समयमा आफुलाई सहज परिस्थिती नभएपछी अध्यक्ष विश्वकर्माले अनेक षड्यन्त्र र दवावमा साधारणसभा विनै पदाधिकारी हेरफेर गरेको संस्थाका एक पूर्व कार्यसमिति सदस्यले बताए ।

उनका अनुसार व्यक्तिगत लाभको विरोध गर्ने सवैलाई एकपर्छी अर्को गर्दै पाखा लगाएपछी संस्थामा उनको ‘कामाउ धन्दा’ सुरु भएको हो । श्रोतका अनुसार सुरुमा विराटनगर आएदेखि हालसम्म कुनैपनि व्पापार÷व्यवसाय तथा रोजगारी नभएका उमेश विश्कर्माले विराटनगरमा घर घडेरी समेत जोडेका छन् । राज्यले मुनाफारहित सामाजिक संघ संस्थालाई कर छुटको सुविधा दिएको छ । तर, राज्ले करछुट दिएको भएपनी घरवहालमा समेत उनको नेतृत्वको संस्थाले कर छलि गरेको तथ्य फेला परेको छ ।

विराटनगरको व्यस्त र महंगो ठाउँमा पनि मासिक ५ सय रुपैयाँ मात्र घरवहाल देखाइएको संस्थाको लेखापरिक्षण प्रतिवेदनमै उल्लेख छ । मुनाफारहित संस्था भएकै कारण कर्मचारीबाहेक अन्य कुनैपनि पदाधिकारी तथा सदस्यहरुले तलब भत्ता लिन पाउँदैनन् । उक्त संस्थाको विधान अनुसार पदाधिकारी तथा सदस्यले सेवासुविधा लिन पाउँदैनन् । तर, आर्थिकरुपले सामान्य परिवारको व्यक्तिले विराटनगरमा बसेर कुनैपनि रोजगार र व्यवसाय नगरि लाखौँ रुपैयाँ पर्ने घर जग्गा जोड्नु आफैमा शंकास्पद भएको मोरङ कटहरीका दलित अभियान्ता नन्दनकुमार पासवानले बताए।

‘केही वर्ष अघिसम्म विराटनगरमा विहान बेलुका हतमुख जोर्ननै समस्या भएको व्यक्ति विनाकुनै रोजगारी, व्यवसाय, कसरी टिकेको होला? आम्दानीको श्रोत के हो ? ठुला ठुला धनाढ्यहरुलाई त विराटनगरमा कामै नगरि बसेर खान पुग्दैन भने कुनै एक संस्थाको अध्यक्षले प्रदेश राजधानी विराटनगरमै कसरी सम्पत्ति जोडे ? सम्पत्तिको आरिस हैन, जोडने सवैलाई अधिकार छ तर, त्यसको श्रोत के हो खुल्नु पर्छकि पर्दैन ?’ उनले भने,‘सम्पत्ति कसरी जोडियो त्यसको हिसाबकिताब आम दलित समुदायलाई दिनुपर्छ । दलितको खोल ओढेर सोझा सिधाको नाम भजाएर लुट्ने ? यो छुट कसले दियो ?’

आम्दानीको श्रोत नभएका उमेश विश्वकर्माको विराटनगरमा घर घडेरी
अध्यक्ष विश्वकर्माले संस्थालाई ‘कमाइखाने भाँडो’ बनाएको एक सदस्यले आरोप लगाएका छन् । उनका अनुसार अध्यक्ष विश्वकर्माले दाताबाट कार्यक्रमका लागि लिने बजेट प्रस्ताव अनुसार खर्च नगरि जोगाउने गरेको र पछि उब्रेको रकम संस्थाको कोषमा नराखि सवै आफै खर्च गर्ने गरेका छन् ।

ति सदस्यका अनुसार अन्य कुनै श्रोत नभई उमेश विश्वकर्माको पेशा व्यवसाय भनेकै संस्था हो । संस्थाबाहेक उनका अन्यकुनै पनि आर्थिक गतिविधि नरहेको उनले दावी गरे । त्यसो त, विराटनगर बरगाछी पश्चिम जामुनगाछीमा उमेश विश्वकर्माले लाखौैँ रुपैयाँ पर्ने घर घडेरीसमेत जोडेको तथ्य फेला परेको छ ।

उनले स्थानीय बालकुमार सिन्चुरीसँग घर जग्गा किनेको खुलेको छ । सिन्चुरीले आफुलेनै विश्वकर्मालाई घडेरी विक्रि गरेको स्वीकार गरेका छन् । ‘मैले उमेश विश्वकर्मालाई घर घडेरी बेचकै हो ।’ उनले भने,‘अन्यकुरा के हो, कसो हो मलाई थाहा भएन ।’

सम्बन्धित समाचार

काठमाडौं र भक्तपुरका कोरोना संक्रमितमा लक्षण देखिएको छैन : अस्पताल

काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...

ग्रामथानको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा, शनिबार बिहान ७ बजेदेखि मतदान

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सबै तयारी सकिएको छ । उपनिर्वाचनअन्तर्गत भोलि मतदान गर्ने दिन हो । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ...

विराटनगरमा चार राउण्ड हवाई फायर, पक्राउ परेका चार जना आन्दोलनकारी थुनामुक्त

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडी बढेपछि...

एकै पटक १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ वैशाख-एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार...

नेपालमा कोरोनाबाट थप १ जनाको जनाको मृत्यु

अर्घाखाँची, २९ जेठ-अर्घाखाँची, २९ जेठ-अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको...

विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...

जुत्ता चप्पल व्यापार मेला : २० दिनमै डेढ करोडको कारोबार, अब पुस २९ गते सम्म मात्र

विराटनगर, पुस २१–विराटनगरमा जारी १ महिने जुत्ता चप्पल व्यापार मेलामा ग्राहाकको उल्लेख्य भिड बढेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा पुस १ गतेदेखी सुरु भएको सो मेलामा...

विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय

विराटनगर, १५ असोज–मोरङका शैक्षिक संस्थामा रहेका रहेका क्वारेन्टाइनहरुलाई तत्काल हटाइने भएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्था समितिको बैठकले क्वारेन्टाइन सञ्चालन भइरहेका सबै स्थानीय तहहरूलाई शैक्षिक संस्थाबाहेक अन्य स्थानमा क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्