सरकारलाई काभ्रेलीका तर्फबाट ‘डल्लै’ धन्यवाद : गोकुल बाँस्कोटा

 न्यूज विराट
सरकारलाई काभ्रेलीका तर्फबाट ‘डल्लै’ धन्यवाद : गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक, जेठ २५-प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएकोसमेत उल्लेख गरेका छन् ।

विश्वनै कोरोनाभाइरसका कारण आक्रान्त भएको वर्तमान अवस्थामा आर्थिक संकट र चुनौती झेल्दै सरकारले सिंगो काभ्रेपलाञ्चोकलाई समृद्ध बनाउनेतर्फ बजेट विनियोजन गरेकामा पूर्वमन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जिल्लावासीका तर्फबाट धन्यवाद दिएका हुन् । ‘प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उहाँको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ,’ उनले भने ।

बाँस्कोटाले सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, सहरी पूर्वाधार, सहायक राजमार्गको निर्णय सहितको बजेट व्यवस्थापन, पर्यटन पूर्वाधार, ठूला र मझौला विद्युत आयोजनाको सम्भाव्यता अध्ययन, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण, मदन भण्डारी र प्रतिरक्षा राष्ट्रिय विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नति, हवाई मैदानजस्ता दर्जनौँ योजनामा करोडौँ बजेट विनियोजन भएकामा सरकारलाई ‘विशेष धन्यवाद’ दिएको बताए । उनले भने, ‘हामीले धेरै काम गर्नुछ, समय पनि छ, अझ प्रदेशको बजेट आउनै बाँकी छ, म ढुक्क छु, केन्द्रमा समेट्न नसकिएका योजना वाग्मती प्रदेशले समेट्नेछ ।’

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा यही जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत आव २०७७/७८ को विनियोजित बजेटमा काभ्रेपलाञ्चोकको विकास योजनाका लागि (स्थानीय तहबाहेक) विभिन्न शिर्षकमा अर्ब हाराहारीमा बजेट विनियोजन भएको छ । चालु दीर्घकालीन महत्वका योजना जारी नै रहेको र आगामी वर्षको बजेटले काभ्रेपलाञ्चोकको विकासमा अर्को फड्को मार्ने भएकाले यसपटक सरकारलाई विशेष धन्यवाद दिइएको बाँस्कोटाले बताए । ‘समृद्ध काभ्रेपलाञ्चोक निर्माणको हाम्रो यात्रा अकण्टक इन्द्रावती र सुनकोशी नदीझैँ शान्त तर गतिसाथ अघि बढिरहनेछन्,’ उनले भने । सामाजिक सञ्जालमार्फत पनि ‘प्रम ओली र उहाँको नेतृत्व सरकारलाई डल्लै धन्यवाद काभ्रेलीको तर्फबाट’ भनेका छन् ।

आगामी वर्षका लागि प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलाई करिब साढे चार अर्ब छुट्याइएको छ । सोमध्ये बनेपा नगरपालिकालाई ५२ करोड १० लाख, पनौती नगरपालिकामा ४४ करोड ५२ लाख, धुलिखेल नगरपालिकामा ४० करोड ४६ लाख, नमोबुद्ध नगरपालिकामा ३८ करोड आठ लाख, मण्डनदेउपुर नगरपालिकामा ३५ करोड ३८ लाख तथा रोशी गाउँपालिकालाई ३८ करोड ४९ लाख, चौँरीदेउरालीमा ३२ करोड ३८ लाख, भुम्लुमा २८ करोड ३७ लाख, तेमालमा २७ करोड ८८ लाख, महाभारतमा २६ करोड ८२ लाख, बेथानचोकमा २४ करोड २२ लाख र खानीखोला गाउँपालिकामा २० करोड १८ लाख रूपैयाँ रकम वियोजन गरिएको हो ।

सम्बन्धित समाचार

विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसित मात्रै सीप

विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित...

पूर्वमन्त्री पण्डितको पहलमा निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण

विराटनगर, चैत २९–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा मोरङ क्षेत्र नं. ६ का स्थानीय तहलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । दैनिकज्यालादारी काम गरेर परिवारको जिविकोपार्जन गर्दै आएका परिवारलाई लक डाउनका कारण...

ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ

ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड...

ह्युमनिटी फाउन्डेसन मोरङमा गठन, अध्यक्षमा दिपेन राय

विराटरनगर । लामो समय देखि आर्थिक अवस्था नाजुक रहेको परिवारको हकहितका काम गर्दे सिमानकृत समुदायलाई राजनीति मुलधारमा ल्याउन सक्रिय रहेको ह्युमनिटि फाउन्डेनको नँया जिल्ला कार्यसमिति गठन गरेको छ ।फाउन्डेशनको संस्थापक अध्यक्ष सलिम अन्सारीको प्रमुख आतिथ्यमा...

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन

काठमाडौं, १९ वैशाख-रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।  सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा गएराति बाटो नै निधन भएको अधिकारीकी कान्छी छोरी अल्पना रेग्मी बताइन् । कांग्रेस...

आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ । गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले...

पाँच प्रहरीमा कोरोना पुष्टि

विराटनगर, साउन ८–प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्