पूर्वमन्त्री पण्डितको पहलमा निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण

 न्यूज विराट
पूर्वमन्त्री पण्डितको पहलमा निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण

विराटनगर, चैत २९–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा मोरङ क्षेत्र नं. ६ का स्थानीय तहलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । दैनिकज्यालादारी काम गरेर परिवारको जिविकोपार्जन गर्दै आएका परिवारलाई लक डाउनका कारण हामुख जोर्न समस्या परेपछि सोही क्षेत्रका सांसद रहेका पण्डितको पहलमा स्थानीयतहलाई एकद्धार प्रणाली मार्फत वितरण गर्न राहत सामाग्री हस्तान्तरण गरिएको छ ।

उक्त निर्वाचन क्षेत्र अन्तर्गत बुढीगंगा गाउँपालिकालाई सांसद पण्डितको पहलमा विभिन्न दाताहरुले उपलब्ध गराएको २५ सय केजी चामल, ५ सय केजी आलु, १ सय प्याकेट नुन, ६० प्याकेट बितरण गरिएको छ । सांसद पण्डितले कार्यकर्ता र प्रतिनिधिहरु मार्फत एकद्धार प्रणलीबाट वितरण गर्नका लागि गाउँपालिका अध्यक्ष बालचन्द्र माझिलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । राहत सामाग्री नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सत्यनारायण चौधरीले गाउँपालिका अध्यक्ष माझिलाई हस्तान्तरण गरे ।

त्यसैगरी सांसद पण्डितकै पहलमा सुन्दरहरैँचा नेकपा नगर कमिटी मार्फतसुन्दर हरैँचा विपद् व्यवस्थापन समितिलाई १५०० केजी चामल १५० केजी नुन वितरण गरिएको नेकपा प्रदेश कमिटी सदस्य चौधरीले जानकारी दिए ।

त्यस्तै सांसद पण्डितकै पहलमा सोही निर्वाचन क्षेत्र अन्तर्गत लक डाउनका कारण काम गर्न नपाएर दैनिक जिविको पार्जनमा समस्या पर्दै आएका विराटनगर महानगरपालिका–५ स्थित कारखाना टोलका ९० परिवार, र विराटनगर–७ स्थित हरियाली टोलका ६१ अति विपन्न परिवारलाईसमेत राहत सामाग्री वितरण गरिएको नेता चौधरीले बताए ।

यसैबीच बुढीगंगा गाउँपालिकाका अध्यक्षमाझिलाई युवा नेता किशोर भट्टराईको पहलमा रास्ट्रिय युवासंघबाट प्राप्त ७/७ थान पिपिइ, माक्स र चस्मा ७ वटै वडाका स्वास्थ्य संस्थालाई वितरण गर्न हस्तान्तरण गरिएको छ ।

त्यसैगरी नेकपा प्रदेश कमिटी सदस्य जिवन आचार्यको पहलमा सोहि क्षेत्र अन्तर्गत सुन्दरहरैँचा नगरपालिका र बुढीगंगा गाउँपालिकालाई १००/१०० बोरा चामल वितरण गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा दैनिक ज्यादारी काम गरेर जिविकोपार्जन गर्ने कुनै पनि परिवारलाई समस्यामा पर्न नदिन र राहत उपलब्ध गराउँन नेकपाका नेता कार्यकता परिचालन गरिएको प्रदेश कमिट सदस्य चौधरीले बताए ।

‘एकद्धार प्रणाली मार्फत राहत वितरण हुनुपर्छ । त्यसैले हा्रमो तर्फबाट यस क्षेत्रका स्थानीय तहका जनता भोक भोकै बस्नुपर्ने अवस्था नआओस भनेर सम्बन्धीत स्थानीय तहलाईनै राहत उपलब्ध गराएका हौँ ।’ उनले भने,‘जनलाइृ पीर मर्कामा साथ दिन हाम्रा सवै नेता तथा कार्यकर्ता थप राहतका लागि पहल गर्न कृयाशिल हुनुहुन्छ ।’

सम्बन्धित समाचार

प्रदेश १ मा लकडाउनको मोडालिटी परिवर्तन हुने

प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको  छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले...

कोशी प्रदेश सरकारविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...

प्रदेश १ मा २३ जना आइसोलेसनमा

मोरङ, ८ वैशाख-कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससी विराटनगरको पहिलो जित

विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी...

प्रदेश १ मा १० वर्षमा तीन हजार ८७७ आगलागीको घटना

विराटनगर, ५ माघ । विपद् घण्टी बजाएर नआउने भएकोले यसबाट बच्नु बचाउनु नै सबै भन्दा राम्रो उपाय रहेको धारणा सहभागीहरुले राखेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज विराटनगरमा आयोजित वन डढेलो...

अप्रेसनमा खटिएका प्रहरीमाथि सुनसरीको बर्जुमा आक्रमण, अज्ञात समूहले लुटे हतियार

विराटनगर । सुनसरीको दक्षिण क्षेत्रमा विशेष अप्रेसनमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका छन् । सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी...

पार्टी फुटाएर समाजवाद आउँदैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीको भनाइ थियो ।...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, ३२ साउन–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्