![](https://newsbirat.com/wp-content/uploads/2020/03/Capture-3.jpg)
कतारबाट आएका २ जनामा कोरोना संक्रमणको आशंका
विराटनगर, चैत ११–कतारबाट एक हप्ता अगाडी नेपाल आएका दुई जना युवामा विराटनगर स्थित कोशी अञ्चल अस्पतालले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका गरेको छ । चैत ३ गते कतारबाट नेपाल आएका २५ वर्षिय नेपाली दुइ...
काठमाडौं,२१ जेठ-कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । ११ चैतदेखि सुरु भएको लकडाउन ३२ जेठसम्म लम्बिएको छ । कोरोना सक्रमितको तथ्याङ्क बढ्दो छ ।
बुधबारसम्म देशभर २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । कोरोनाका कारण ८ जनाको मृत्यु भइसकेको छ । लकडाउनले गर्दा होटल, कलकारखाना, उद्योगहरू सबै पूर्ण रूपमा बन्द अवस्थामा छन् ।
लकडाउनकै कारण हजाराैँ मजदुरले रोजगारी गुमाएका छन् । यो क्रम अझै जारी रहने कतिपय रोजगारदाता कम्पनीको भनाइ छ । कोरोनाका कारण देशभर रोजगार गुमाउनेहरूको तथ्यांक यकिन नभए पनि लाखाैँ मजदुर यसको मारमा परेका छन् ।
लकडाउनले चम्किएकाे कैदीबन्दीको रोजगार
लकडाउनले लाखौँको रोजगारी गुम्दा पनि कारागारभित्र रहेका कैदीबन्दीहरूको रोजगार भने चम्किएको छ । उनीहरूलाई लकडाउनको कुनै पर्वाह छैन ।
लकडाउन नहुँदाजस्तै कारागार प्रशासनले कैदीबन्दीका लागि उपलब्ध गराएको उद्योगभित्र कैदीहरूले आ–आफ्नो काम गर्दै आएको डिल्लीबजार कारागारका प्रमुख जेलर अरुण पोखरेलले बताए ।
‘लकडाउनका कारण कैदीहरूको रोजगारी भने अझ बढेको छ । उनीहरूलाई अहिले काम गर्न समस्या पनि भएको छैन । बरु लकडाउन नहुँदा उनीहरूका आफन्त भेट्न आउँथे काममा डिस्टर्ब हुन्थ्यो । अहिले आफन्तसँगको भेटघाट रोकेका छौँ । त्यस कारण पनि उनीहरूले मजासँगले तनावमुक्त भएर काम गर्न पाएका छन्,’ जेलर पोखरेलले भने ।
डिल्लीबजार कारागारभित्र गलैँचा, फर्निचर उद्योग, सुन बनाउने काम निरन्तर रूपमा चलेको पोखरेलले बताए । सामग्री निर्माणका लागि बाहिरका कम्पनीहरूले कच्चा पदार्थ उपलब्ध गराउने र कैदीहरूले निर्माण गर्ने गरेको जेलर पोखरेलको भनाइ छ ।
त्यसरी नै सुन्धारा कारागारभित्रका कैदीहरूले पनि पर्स, पोते बुन्ने, मुडा बनाउने कामना निरिन्तरता दिइरहेकाे सुन्धारा कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
‘कारागारभित्र कमाएर घर खर्च दिने कैदीबन्दीहरू पनि यस जेलभित्र छन् । कारागारभित्र मेहनत गर्ने कैदीहरूको काममा असर नपुगोस् भनेर हामीले त्यस्तो काम गर्ने कैदीहरूलाई सहुलियत दिने काम गरेका छौँ,’ उनले भने ।
सुन्धारा कारागारभित्रको सरकारी कपडा उद्योग भने बन्द रहेको उनको भनाइ छ । हाल देशभरका कारागारभित्रका कैदीबन्दीहरूले विभिन्न घरेलु सामग्री उत्पादन गर्दै आएको कारागार विभागले जनाएको छ ।
विराटनगर, चैत ११–कतारबाट एक हप्ता अगाडी नेपाल आएका दुई जना युवामा विराटनगर स्थित कोशी अञ्चल अस्पतालले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका गरेको छ । चैत ३ गते कतारबाट नेपाल आएका २५ वर्षिय नेपाली दुइ...
काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्वसनीयताको आवश्यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...
नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।...
संक्रमणको सम्भावना भई क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको...
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । शुक्रबार नारयणहिटी परिसरअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ' हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनुभएको छ...
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले निःशुल्क गरिने व्यवस्था मिलाउनुपर्ने एक कार्यक्रममा सरोकारवालहरूले बताएका छन् ।अपाङ्गता भएका व्यक्तिहरू सानैबाट विभिन्न रोगबाट ग्रसित हुने भएको कारणले उनीहरूको उपचार गर्ने व्यवस्था राज्यले गरिनुपर्ने बताएका हुन् ।नेत्रहीन...
विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ । बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.