बजार खोल्ने हेटौँडाका व्यवसायीको निर्णय 

 न्यूज विराट
बजार खोल्ने हेटौँडाका व्यवसायीको निर्णय 

हेटौंडा, १९ जेठ-हेटौँडाका व्यवसायीहरूले देशमा जारी लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको भन्दै सरकारलाई चेतावनी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरूको आग्रहलाई बेवास्ता गरेको भन्दै बजार खुलाउने जानकारी दिएको हाे ।

संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि सकारात्मक धारणा नआएको भन्दै संघले बाध्य भएर बजार खुलाउने निर्णय गर्नुपरेको बताए । ‘प्रशासनसमक्ष आग्रह गरियो तर, प्रशासनले संघीय सरकारकै अनुमति चाहिने भन्दै हामीलाई बेवास्ता गरिरह्यो, त्यसैले अब बजार खुल्छ’, न्यौपानेले भने ।

११ चैतदेखि जारी लकडाउनले व्यवसायीहरू चरम पीडामा परेको भन्दै सुरक्षा संवेदनशीलता अपनाएर बजार खुलाइने संघले जनाएको छ । ‘रोगले होइन, भोकले मर्ने स्थिति छ’ भन्दै मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत सबै वस्तुगत संघहरूले बजार खुलाउने तयारी गरेका हुन् ।

सम्बन्धित समाचार

पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

ताप्लेजुङ –ताप्लेजुङमा जारी पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले क्वाटरफाइनलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराएको हो। राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा...

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र...

आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

पोखरा, ४ वैशाख-आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार पोखरा महानगरपालिका–१० र १२...

जबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

कैलाली, ३ बैशाख-कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा ४ युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय...

कोरोना संक्रमणबाट बीपीमा एक महिलाको मृत्यु

विराटनगर, १७ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सुनसरीको इनरुवा–४ कि २८ वर्षिया महिलाको शनिबार बिहान ४.३० बजे मृत्यु भएको...

२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको...

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

काठमाडौं, २८ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको...

काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

जुम्ला, १ असार-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/भएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्