
आज २ हजार १११ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ५३७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।
कुल संक्रमितमध्ये १ लाख ६८ हजार १२९ निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको छ । ९ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् ।