घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

 न्यूज विराट
घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको छ ।

चिनियाँ सेनाले अमेरिकी युद्धपोत झिसा द्वीप नजिकै आएको देखिएपछि त्यसका हरेक गतिविधि नियालेपछि फिर्ता जान चेतावनी दिइएको र फिर्ता जान बाध्य पारिएको जनाएको छ ।

चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता लि हुवामिनले अमेरिकाले पटक पटक चीनको सीमा क्षेत्रमा घुसपैठ गर्ने कोशिस र उसले कोभिड–१९ लाई लिएर चीनलाई दिएको धम्कीले उसको मनसाय ठीक नरहेको स्पष्ट रहेको बताएका छन् ।

उनले अमेरिकाले पछिल्लो समयमा गरिरहेका गतिविधिले अन्तर्राष्ट्रिय कानुनको सीधा उल्लंघन गरिरहेको उनले बताए । उनले अमेरिका एसिया–प्रशान्त क्षेत्रमा शान्ति भंग गर्ने कोशिसमा लागेको बताए ।

यसअघि जनवरीमा पनि नान्सा द्वीप नजिक, मार्च र अप्रिलमा चीनको सीमामा झिसा द्वीपमा अमेरिकाले घुसपैठको कोशिस गरेको उनले बताए।

हालै चीनले कोरोना महामारीबीच रक्षा बचेटमा ६.६ प्रतिशत वृद्धि गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिनुमा चीन दोषी रहेको भन्दै अमेरिकाले लगातार चीनविरुद्ध अभिव्यक्ति दिँदै आएको छ । चीनले आफूमाथि आउनसक्ने खतरालाई मध्यनजर गर्दै रक्षा बजेट बढाएको बताएको छ ।

सम्बन्धित समाचार

जनकपुर–पोखरा हवाई उडान सुरु हुँदै, टिकट बुकिङ खुला

जनकपुर, ५ फागुन ।जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन १७ गते महाशिवरात्रिका दिनदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एयर...

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २३ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आज पाटन अस्पतालमा २ जनाको मृत्यु भएको बताए । अस्पतालको आईसीयूमा उपचाररत...

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, ४ भदौ-चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत ६५ वर्षीय पुरुष संक्रमितको बिहीबार मृत्यु भएको हो । रत्ननगर नगरपालिका- १३ का ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि...

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...

राष्ट्रियसभामा कांग्रेसको अवरोध

काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्