राशिफल

राष्ट्रियसभामा कांग्रेसको अवरोध

 न्यूज विराट
राष्ट्रियसभामा कांग्रेसको अवरोध

काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित गरिएको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि बढाउन स्वीस कम्पनीका नेपाली एजेन्ट विजय मिश्रसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो । यही प्रकरणमा आज बिहान मात्रै कांग्रेसले प्रेस विज्ञप्ति निकालेर सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री बाँस्कोटासँग कुरा बुझेपछि मात्रै निर्णय लिने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । सुदूरपश्चिम भ्रमणमा रहेका बाँस्कोटा आजै काठमाडौं आउँदैछन् । आजै कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले आरोप पुष्टि भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...