चीन–भारत तनावमा मध्यस्थता गर्न चाहन्छु :ट्रम्प

 न्यूज विराट
चीन–भारत तनावमा मध्यस्थता गर्न चाहन्छु :ट्रम्प

एजेन्सी, जेठ १६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत तनावमा मध्यस्थता गर्न चाहेको बताएका छन् । उनले चीनसँग जारी तनावका विषयमा आफूले कुराकानी गरेको र सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’ उनले यो घटनालाई लिएर भारत खुसी नरहेको भन्दै सायद चीनपनि पूरै घटनामा खुसी नरहेको हुनसक्ने बताए ।

ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर भारतका प्रधानमन्त्री मोदीको मुड ठीक नरहेको रहेको र दुई देशबीच तनावको अवस्था सिर्जना भएको बताए ।

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘म तपाईहरुको प्रधानमन्त्रीको प्रशंसक हुँ, उहाँ धेरै राम्रो मान्छे हो । दुई देशबीच तनावको अवस्था सिर्जना भएको छ । दुवै देशमा एक एक अरब ४०–४० करोड हाराहारी जनसंख्या छ र दुवैसँग मजबुत सेना छ । मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मुड ठीक छैन ।’

गएको बुधबार ट्रम्पले ट्विटमार्फत चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए । यसबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन भने भारतले कुटनीतिक तवरबाट समाधान खोजिने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘हामी समस्याको शान्तिपूर्ण समाधानका लागि सम्पर्कमा छौं ।’

सम्बन्धित समाचार

गुल्मीमा पनि देखियो कोरोना

बुटवल, ५ जेठ-प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सवा ४ गरेको पत्रकार सम्मेलनमा गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

लुकीछिपी हुने आजावजावत रोक्न सीमामा बढाइयो निगरानी

बुटवल, १ वैशाख-भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट हुन सक्ने लुकिछिपी आवतजावतलाई कम गर्न उच्च निगरानी राखिएको...

आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...

रविदानन्द चौधरी स्मृति कपको उपाधि रंगशाला भेट्रानलाइ

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको विराटनगरको रंगशाला भेट्रान क्लबले जितेको छ । विराटनगरको विराट युनाइटेड भेट्रान क्लब फाइनल खेल्न नआएपछि वाकओभरको आधरमा रंगशाला भेट्रान क्लबले बुधबार उपाधि जितेको हो...

मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा निरन्तर अग्रता बनाउन सफल भएका छन् । निर्वाचन क्षेत्र अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र ४(१) तर्फ बुधबार विहानसम्म ११ वटा...

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको...

सरकारी निवासमा पार्टीको बैठक गर्नु खुलेआम भ्रष्टाचार : कमल थापा

काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्