काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा पोजिटिभ देखिएको छ । सेती प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । पोखरामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा पुनः ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आज एकै दिन ९० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका डा. प्रवक्ता विकास देवकोटाले बताए । उनले नेपालमा कुल संक्रमितको संख्या ७ सय ७२ जना पुगेको बताए । उनले कुल ४६ जिल्लामा संक्रमण फैलिएको बताए ।