‘लक डाउन’ मा जाने धरान उपमहानगरपालिकाको निर्णय

 न्यूज विराट
‘लक डाउन’ मा जाने धरान उपमहानगरपालिकाको निर्णय

विराटनगर, चैत १०–धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् ।

लकडाउनका घोषणा भएसँगै धरानबाट विभिन्न स्थानमा छुट्ने कुनै पनि सवारी साधनहरु चलेका छैनन् । भानुचोकस्थित बसपार्क अहिले खाली गरिएको छ । तर काठमाडौं, पोखरालगायतबाट रात्री बसमा आएका यात्रुहरु भने भानुचोकमा अलपत्र परेका छन् ।

धरानमा अलपत्र परेका यात्रुलाई भने गन्तव्यमा पुर्याउने व्यवस्था गरिने धरान उपमहानगरपालिकाकी उपमेयर भण्डारीले बताइन् । उनका अनुसार अहिले धरानमा भएका यात्रुहरुलाई सम्बन्धित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएर २१ गतेसम्मका लागि लकडाउन गरिएको छ ।

उनले सबै नगरबासीहरुलाई कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि घर बाहिर ननिस्कन आग्रह गरेकी छन् । सरकारले नागरिकको जीवनको रक्षाका निम्ति यी सबै कदम चालिएकाले त्यसलाई नागरिकले अक्षरश पालना गर्नुपर्ने उनले बताइन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College