मानवअधिकार समितिको निर्देशन : एकल महिलाको भत्ता कटौती नगर्नू

 न्यूज विराट
मानवअधिकार समितिको निर्देशन : एकल महिलाको भत्ता कटौती नगर्नू

काठमाडौं, १२ जेठ-प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरूले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ । एकल महिलाले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागु गरेपछि समितिले चालु अधिवेशनबाट ऐन संशोधन गरी भत्ता दिन निर्देशन दिएको हो ।

कोरोनाबाट पीडित नागरिकलाई राहतभन्दा आहत हुने भएकाले सम्बन्धित कानून संशोधन गरी एकल महिलालाई भत्ताको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए । समितिले लकडाउनको समयमा पनि प्रेम विवाह गरेको नाममा जातिय विभेदका गम्भिर घटना घटिरहेकाले त्यसविरुद्ध अभियान चलाउन र अपराधीलाई कानूनी दायरामा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको उनले बताए ।

समितिले पीसीआर परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशन दिएको छ । ठाउँमा प्रयोगशाला निर्माण भए पनि व्यापकरूपमा परीक्षण हुन नसकेको उल्लेख गर्दै सभापति पोखरेलले ल्याबको स्तर वृद्धि गर्दै परीक्षणको दायरा बढाउन निर्देशन दिए । सीमा क्षेत्रमा अलपत्र र विदेशमा रहेका नागरिकको व्यवस्थित उद्धार गर्न पनि समितिले निर्देशन दिएको छ ।

हरेक नागरिकको आफ्नो देश आउन पाउने अधिकारको संरक्षण गर्दै अल्पकालिन र दीर्घकालीन योजना बनाएर अलपत्र नागरिकलाई स्वदेश ल्याउन समितिले निर्देशन दिएको छ । नेपाल ल्याएपछि क्वारेन्टाइनमा राख्नुपर्ने र पीसीआर परीक्षणपछि मात्रै घर पठाउने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने पृथ्वी सुब्बाको घोषणा

काठमाडौं, असार १ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गर्नुभएको छ । गुरुङको सचिवालयल अनुसार गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुने छ। गुरुङले नवगठित...

रासायनिक प्लान्टबाट ग्यास चुहिँदा भारतमा ८ जनाको मृत्यु

एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...

स्याङ्जा पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा, ९ असोज-पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता...

झी पुचःको ‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाइ प्रदान गरिने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिने भएको छ ।विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील...

जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताउनुभको छ । आफूलाई भेट्न आइपुगेको वागमति प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको...

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाई, जोखिममा भारतीय ‘क्वारेन्टाइन’मा बसेका नेपाली

बैतडी, १ वैशाख-सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो...

एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ । शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित...

नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्