कर्णालीमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

 न्यूज विराट
कर्णालीमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

सुर्खेत, १२ जेठ-कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजिटिभ देखिएका ५ जनाको थप परीक्षणका लागि नेपालगञ्ज पठाइएकोमा त्यहाँ पनि नतिजा पोजिटिभ देखिएको छ ।

नेपालञ्जमा गरिएको परीक्षणमा पाँचै जनामा  संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य  निर्देशनालयकी निर्देशक डा. रीता भण्डारी जोशीले जानकारी दिइन् । यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

नयाँ संक्रमित हुनेमा दैलेखको नारायण नगरपालिका-३ का १५ वर्षीय किशोर, नारायण नगरपालिका-६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका-१ का २९ वर्षीय १ पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय युवक रहेका छन् ।

उनीहरू सबै केही दिनअघि भारतबाट आएका थिए । संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

थारू कल्याणकारिणीमा विवाद : निर्वाचन रोक्न माग

विराटनगर । थारु कल्याणकारिणी सभा मोरङले विधान विपरीत हुन लागेको निर्वाचन रोक्न माग गरेको छ ।थारु कल्याणकारिणी सभा मोरङले शुक्रबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेको हो । निर्वाचन मण्डलीले एक पक्षीय रुपमा थारु...

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । प्रवक्ता...

महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु

जनकपुर, २१ वैशाख-महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, २९ कात्तिक-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी, स्थानीय उत्पादनमा आकर्षण

विराटनगर । घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्