कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका ३ घर सिल

 न्यूज विराट
कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका ३ घर सिल

काठमाडौं, ११ जेठ-कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका ३ घर सिल गरिएको छ ।

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए ।

ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए ।

सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

माइतीघरबाट राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता गिरफ्तार

राष्ट्रिय जनमोर्चाका सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरिएकोे विरोधमा धर्नामा बसेका जनमोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारमा...

मेयर शाक्य भन्छन् : काठमाडौंं सुरक्षित छ

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदको अनुगमन गरेका छन् । पछिल्लो समय संक्रमणको उच्च जोखिममा मस्जित रहेको जनाउँदै प्रमुख शाक्यले काठमाडौंभित्रका मस्जिदको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी,...

प्रदेश २ को चौथो अधिवेशन सुरू

जनकपुर, २२ जेठ-प्रदेश २ सरकारको प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरू भएको छ । बजेट ल्याउनु पर्ने चटारोका कारण प्रदेश २ को चौथो अधिवेशन कोरोना महामारीको त्रासकाबीच सुरू भएको हो । अधिवेशनमा प्रस्तुत गरिएकोे आगामी आर्थिक...

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ ।...

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...

जुवा अड्डामा प्रहरीकाे छापा, २० लाख नगद्सहित १३ जना पक्राउ

काठमाडौं, ७ असोज ।काठमाडाैंकाे कागेश्वरी मनहरा नगरपालिका–६ बाट जुला खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । स्थानीय राजन दाहालकाे घरमा  बिदुर दाहालले सञ्चालन गरेकाे जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट...

निर्णय कार्यान्वयनमा विराटनगर महानगरको चासो , कार्यान्वयन गर्न सरोकारवाला तयार

विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र...

कुवेतबाट थप १ सय ५० नेपाली काठमाडौं आइपुगे

काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्