झापा हल्दिबारीका एक युवकमा आरडीटी पोजिटिभ

 न्यूज विराट
झापा हल्दिबारीका एक युवकमा आरडीटी पोजिटिभ

झापा, ४ वैशाख-प्रदेश १ अन्तर्गतकाे झापामा एक युवककाे र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपाेर्ट पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार हल्दिबारी गाउँपालिका-२ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएकाे हाे ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका ६९ जनाकाे आरडीटी परीक्षण गरेको थियाे । तीमध्य एक युवकमा आरडीटी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फाेकल पर्सन जीवन चाम्लागाईंले जानकारी दिए।

आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही व्यक्तिहरूकाे पनि आरडीटी परीक्षण गरिएको उनले बताए । यद्यपि, परिवारका सदस्य र युवककाे सम्पर्कमा गएका व्यक्तिहरूकाे आरडीटी नेगेटिभ देखिएको छ । पोजिटभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको छ ।

हल्दिबारीस्थित क्वारेन्टाइनमा राखिएका ती युवक ५ चैतमा दुबईबाट घर फर्किएका हुन् । चाम्लागाईंका अनुसार उनमा कोभिड–१९ को लक्षण भने देखिएकाे छैन ।

सम्बन्धित समाचार

भीरबाट लडेर एक युवतीको मृत्यु

काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...

रुपान्तरणकारी कार्यक्रमलाई अघि बढाउने, आन्तरिक श्रोतको प्रयोग बढाउने

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षमा रुपान्तरकारी योजना अघि बढाउने जनाएको छ । त्यस्तै, राष्ट्रिय गौरवका आयोजनलाई पनि निरन्तरता दिने उल्लेख गरेको छ । शुक्रबार संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...

आज १५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...

ग्यास बिक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह

विराटनगर, २३ माघ । ग्याँस विक्रेता संघ मोरङमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा...

‘लक डाउन’ मा जाने धरान उपमहानगरपालिकाको निर्णय

विराटनगर, चैत १०–धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् । लकडाउनका घोषणा भएसँगै...

देउवा, प्रचण्ड, यादव र माधव नेपालको किर्ते कामको पर्दाफासः एमाले सांसद भट्ट ले भने ‘देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको छैन’

काठमाडौं, जेठ ७ । एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि...

सांसद यादव अपहरण प्रकरणको अनुसन्धान सकियो

काठमाडौं, जेठ ४-प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्