सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

 न्यूज विराट
सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् । उनी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष पनि भएकी थिइन् । राष्ट्रिय मानवअधिकार आयोगको सदस्य समेत भएकी उनको महिलाको कानुनी सहायता परियोजनामा पनि उल्लेखनीय योगदान रहेको छ ।

उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । १९९६ साल फागुन २२ गते काठमाडौंको पकनाजोलमा उनको जन्म भएको थियो । उनीका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

प्रदेश १ सरकारलाई कतार च्यारिटीद्वारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका छन् । वैवाहिक समानताको कानून नहूदा यस समूदायका ब्यतिmहरू विदेश पलाएन भएको जानकारी गराउँदै...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी...

झापामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, २१ पुस-झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोचरसाइकल चालकको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको...

नेपालमा कोरोनाबाट थप १ जनाको जनाको मृत्यु

अर्घाखाँची, २९ जेठ-अर्घाखाँची, २९ जेठ-अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको...

सामाजिक युवा अभियन्ता राहुलले आश्रममा पुगेर मनाए जन्मदिन

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्