
विराटनगर, २१ पुस-झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोचरसाइकल चालकको मृत्यु भएको हो ।
सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँंदा मोटरसाईकल चालक झापा गाउँपालिका–३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।