नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस - News Birat

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

न्यूज विराट

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य अमरेन्द्र कुमार साह, बिशिस्ट अतिथि केन्द्रीय सदस्य तबरेज हक हक, सत्यनारायण साह, इनामुल हक, लक्ष्मण साहलगायतको उपस्थिती थियो ।

कार्यक्रममा सो पार्टीले विभिन्न तहका नेता कार्यकर्तालाई सम्मान गरेको छ । जिल्ला उपाध्यक्ष प्रबिण जैन, मजदुर संघ १ प्रदेशका अध्यक्ष राजु मण्डल, अतिथिहरू प्रदेश सदस्य किरण शर्मा, फूल खान, जिल्ला नेता अरविन्द झा, सोभा प्याकुरेल, बब्लु श्रेष्ठ, बिजय मण्डल, विद्यार्थी अध्यक्ष बिपुलझा, नगर अध्यक्ष बिनोद गुप्ता, सिक्कु साह लगायत २५ जना नेता कार्यकर्तालाई मायाको चिनो दिएर सम्मान गरिएको अध्यक्ष मो. कादीरले जानकारी दिए ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles