राहतमा विवाद हुँदा सिरहामा झडप

 न्यूज विराट
राहतमा विवाद हुँदा सिरहामा झडप

जनकपुर, ९ जेठ-सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको सिरहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नेपाली कांग्रेस तथा नेकपा कार्यकर्ता छन् । स्थानीय राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवादले उग्ररुप लिएपछि २ पक्षबीच झडप भएको थियो ।

राहतको विषयमा झडप हुँदा नरहा गाउँपालिकाकी उपमेयर गुलाबदेवी चौधरीका छोरा अरविन्द चौधरीले गोलीसमेत चलाएको वताए पनि प्रहरीले यसको पुष्टि गरेको छैन ।

प्रहरीले भने २ पक्षीय झडपमा केही व्यक्ति घाइते भए पनि गोली चलेको वा नचलेकोबारे अहिले पुष्टि हुन नसकेको बताए । ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले भने । घटना विषयमा अनुसन्धान भइरहेको घिमिरेले समेत बताए ।

कांग्रेसका कार्यकर्ताले वडाध्यक्षसँगै रहेका उपमेयरका छोरा अरविन्दले गोली चलाएको आरोप लगाएका छन् उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

प्रचण्डको सचिवालयका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।   प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष...

जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को...

अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालयपरिसरमा बुधबार अक्षरारम्भ र चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो ।कक्षा यूकेजी देखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुले...

सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...

सुनवर्षी मेयर कप क्रिकेटको उपाधी वडा नम्बर ८ लाई

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा सम्पन्न तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै सुनवर्षी–८ ले यस वर्षको उपाधी...

प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्