विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा सम्पन्न तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै सुनवर्षी–८ ले यस वर्षको उपाधी जितेको हो।
आज सम्पन्न फाइनलमा टस जितेर व्याटिङ रोजेको सुनवर्षी–६ ले निर्धारित २० ओभरमा १७१ रन बनाएको थियो । खेलमा सोनु अन्सारीले सर्बाधिक ९५ र मुकेश यादवले ४० रन बनाए पनि सुनवर्षी–६ ले उपविजेतामै चित्त बुझाउनु पर्यो ।
खेलमा सुनवषी–८ का लागि विकास दासले ३ विकेट लिए । १७२ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको सुनवर्षी–८ ले १८.१ ओभरमै ६ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । सुनवर्षी–८ लागि सर्बोत्कृष्ट प्रदर्शन गरेका विकास दासले २२ बलमा ६७ रन बनाएर जितको आधार तयार गरे । त्यस्तै सुरज न्यौपानेले ३७ रन बनाएका थिए । खेलमा सुनवर्षी–६ का लागि अजय राजवंशीले ४ विकेट लिए।
फाइनल खेलको म्यान अफ दी म्याच उत्कृष्ट प्रदर्शन गरेका विकास दास घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे । तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी जितेको सुनवर्षी–८ ले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता बनेको सुनवर्षी–६ ले नगद ६५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उत्कृष्ट विकेट किपर सुनवर्षी नगरपालिका कर्मचारी टिमका कप्तान देवेन्द्र थापा घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी प्रतियोगितभरी उत्कृष्ट व्याटिङ गरेका सुनवर्षी–२ का फिरदोस अन्सारीले बेष्ट व्याटस्म्यानको उपाधी हात पारे । त्यसैगरी उत्कृष्ट फिल्डर सुनवर्षी–६ निसार नुरी घोषित भए । प्रतियोगिताभर १२ विकेट लिएका सुनवर्षी–६ श्रवण यादव उत्कृष्ट बलर भए । उनीहरु सवैले नगद १०/१० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजको उपाधी सुनवर्षी–६ का श्रवण यादवले हात पारे । उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै पथरीशनिश्चरे नगरपालिकाको टिमले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । सो टिमले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताका विजेता, उपविजेता, फेयर प्ले अवार्ड, उत्कृष्ट खेलाडीहरुलाई प्रदेश सांसद नुरसादी बेगम, सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशी, प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलाल, लेखा अधिकृत देवेन्द्र थापा, शिक्षा शाखा प्रमुख हरि कट्टेल र सवै वडाका वडाध्यक्षहरुलगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा सफलता पूर्वक प्रतियोगिता सम्पन्न गराउन महत्पूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रमका अतिथीहरु, सवै वडाका वडाध्यक्षहरु, खेलप्रेमी व्यक्तित्वहरु, खेलाडी, स्कोरर, एम्पायरहरुलगायतलाई सम्मान र मायाँको चिनो समेत वितरण गरिएको थियो । तेस्रो सुनवर्षी मेयर कप नकआउट क्रिकेट प्रतियोगिता गत पुस २९ गतेदेखि सुरु भएको थियो ।
प्रतियोगिताको उद्घाटन सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले क्रिकेट खेलेर गरेका थिए । प्रतियोगितामा सुनवर्षी नगरपालिकाका ९ वटै वडाबाट ९ वटा टिम, हसन्दह, सुनवर्षी लगान टिम, सुनवर्षी नगरपालिका कर्मचारी टिम, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको एक÷एक वटा टिमको सहभागीता रहेको संयोजक रामकुमार राजवंशीले जानकारी दिए ।
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।