कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन : डीआईजी पोखरेल

 न्यूज विराट
कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन : डीआईजी पोखरेल

काठमाडौं, ७ जेठ-काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका २ प्रहरीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार १ जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो । त्यसपछि वृत्तलाई नै सिल गरिएको उनले जानकारी दिए ।

२ दिनअघि यहाँका १९ प्रहरीको पीसीआर परीक्षण गरिएकोमा २ जनामा कोभिड-१९ देखिएको थियो । यहाँ रहेका झण्डै ९२ सहित गरेर २ सय प्रहरीको परीक्षण गर्नुपर्ने आवश्यकता देखिएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको पोखरेलले बताए ।

अग्रपङ्क्तिमा बसेर काम गर्ने प्रहरीमा कोभिड-१९ लाग्छ भन्ने कुरा स्वाभाविक आँकलन रहेकाले सङ्क्रमण हुँदैमा प्रहरी हतोत्साही नहुने उनले बताए । विषम परिस्थितिमा मुलुकमा सङ्क्रमण फैलिन नदिन प्रहरीले अझै दृढ विश्वासका साथ आफ्नो कर्तव्यमा खटिनेसमेत उनले बताए । रासस

सम्बन्धित समाचार

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

विराटनगर, चैत २०–प्रदेश नं. १ मा बिहिबार कोरोना भाईरस (कोभिड–१९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा....

इलाममा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर, १३ असार । इलाममा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ का ६५ वर्षीय हिम प्रसाद लावती, उनकी श्रीमती ५७ वर्षीया पदम कुमारी लिम्बू र माङ्सेबुङ–२ का...

प्रतिनिधिसभाको अधिवेशन आजदेखि, एमाले भन्छ- अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ

सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको...

विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

विराटनगर, २६ मंसिर । प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५...

विराटनगर कञ्चनबारीमा माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, एक जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ का २१...

होली अवधिमा मोरङ ट्राफिक प्रहरीद्वारा २६९ सवारी साधनलाई कारवाही

विराटनगर । होली पर्वको अवसरमा मोरङ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने २६९ सवारी साधनलाई कारवाही गरिएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार, कारवाहीमा परेकामध्ये हेलमेट नलगाई सवारी चलाउने ७२ जना, तीन...

शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्धारा ५० लाखको छात्रवृत्ती

विराटनगर । काठमाण्डौको आइटीको क्षेत्रमा चर्चित टेकस्पायर कलेजले विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि छावृत्ती प्रदान गरेको छ । टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि शुक्रबार ५० लाख बरावरको छात्रवृत्ती प्रदान गरेको हो । उक्त छात्रवृत्ती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्