राशिफल

विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

 न्यूज विराट
विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

विराटनगर, २६ मंसिर । प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा सनरेले विराटनगरको बिकेभिएम स्कूललाई ५–० गोलले पराजित गरि सनरे क्वाटरफाइनलमा पुगेको हो ।

जितको लागि सनरेका आशाराम खवास र बिवेक बस्नेतले २÷२ गोल गरेका थिए भने अमन खवासले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सनरेका दुई गोल गर्ने बिवेक बस्नेत घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा विराटनगरको मोर्डन ऐरा स्कूलले अपर्ण स्कूललाई २–० गोलले हराउँदै मोर्डन ऐरा क्वाटरफाइनलमा प्रवेश गरेको छ । जितको लागि मोर्डन ऐराका आयुष थापाले दुई गोल एक्लै गरेका थिए । दुई गोल गर्ने मोर्डन ऐराका आयुष खेलको म्यान अफ द म्याच घोषित भए ।

सोमबारको पहिलो खेल विराटनगरको सिद्धार्थ र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकेडेमी बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल विराटनगरको सगरमाथा र डिपिएस स्कूल बिच हुनेछ ।

पुस ४ गतेसम्म हुने प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागि छ । प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागि छ । यस्तै रंगेलीबाट सनरे, सुन्दरहरैचाबाट पूर्वाञ्चल एकाडेमी, बुढीगंगाबाट जेभियर र यूनिक स्कूल, ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कूलसमेत गरि यो प्रतियोगितामा जम्मा १६ टिमको सहभागि रहेको छ । प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेको छ भने सहकार्य प्याब्सन विराटनगर रहनेछ । यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ ।
फोटो छ ।

 

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...