धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

 न्यूज विराट
धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

सोमबार धनकुटा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी, बिरामी र सुरक्षाकर्मी गरी ८३ जनाको स्वाव संकलन गरिएको थियो । जसमध्ये ६५ जनाको रिपोर्ट आएको हो ।

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा ४ पुरुष र १ महिलामा कोरोना पोजिटिभ देखिएको धनकुटा अस्पतालका निमित्त मेसु पुजन विश्वकर्माले पुष्टि गरे ।

परीक्षण हुन बाँकी अन्यको रिपोर्ट बुधबार आउने उनले जानकारी दिए । धनकुटा अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी (नर्स) मा आइतबार कोरोना पुष्टि भएपछि उनीहरूको स्वाब संकलन गरिएको थियो । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जित्यो १४ अवार्ड

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक दर्जन बढी विभिन्न अवार्ड जितेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ को समतिले एकै पटक १४ वटा अवार्ड जितेको हो ।  आउटस्ट्याण्डीङ क्लब अफ...

मोरङमा अघि बढ्यो एमालेः संगठनात्मक अराजकता र अवैधानिकता समाप्त, वैधानिक कार्यकर्ताबाट अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ

विराटनगर, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले बैधानिक कार्यकर्ताहरुबा अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू

काठमाडौं, ४ मंसिर-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ ।   यातायात सुविधाम नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर, ९ मंसिर प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा तीन, पाँचथर, तेह्रथुम र उदयपुरमा...

चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना

विराटनगर, ३ कात्तिक–प्रदेश २ को चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना भएको छ । सोमबारदेखि दुवै स्थानमा करदातालाई सहज हुनेगरी करदाता सेवा कार्यालय स्थापना भएको हो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग...

भारतले मिचेको दशगजाको पिलर हटाउने सहमति

रौतहट, २२ असार-रौतहटको इशनाथ नगरपालिका– १, बन्जरहामा भारतले दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेकोमा हटाउने सहमति भएको छ । दशगजामा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाइएको छ । रौतहटका...

कानुन सचिवसँग निर्वाचन आयोगको छलफल जारी

काठमाडौं, १४ माघ ।स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र कानुन सचिवबीच आयोगमा छलफल चलिरहेको छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र  आयोगका पदाधिकारबीच भइरहेको हो । आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै अएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्