श्रीमतीकै योजनामा औषधी व्यवसायी दुलालको हत्या भएको खुलासा

 न्यूज विराट
श्रीमतीकै योजनामा औषधी व्यवसायी दुलालको हत्या भएको खुलासा

विराटनगर, जेठ ५–विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतिसहित घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो ।

प्रहरीले घटनामा लहान नगरपालिका १० का २१ बर्षिय ब्रम्हदेव साह, इटहरी उपमहानगरपालिका १२ का २० वर्षीय सोनु साह र मृतककी श्रीमती विराटनगर–१० बस्ने मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार अपराहन्न स्काइपमार्फत आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले मृतककी श्रीमती मिना श्रेष्ठ दुलालको योजनामा ब्रम्हदेव साह र सोनु साहको सहयोगले दुलालको हत्या गरिएको जानकारी दिए । ‘अनुसन्धानबाट श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको पाइएको छ ।’ उनले भने,‘श्रीमानसँग बदला लिने उद्देश्यसहित हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’

घटना विवरण अनुसार जेठ ३ गते साढे १० बजे राती श्रीमति मीनाको योजना अनुसार बिराटनगर–१० स्थित मधुमाराचोक पुगेका बम्हदेव र सोनुसहितले प्लास्टिकको डोरीले दुलालको घाँटीमा बेरेर तथा कुटपीट गरेर हत्या गरेको बताइएको छ ।

योजनाअनुसार हत्यापछि मात्र उनलाई उपचारका लागि अस्पतालतर्फ लगिएको अनुसन्धानमा खुलेको छ । इटहरी–१२ घर भएका मृतक दुलालले विराटनगरमा देवी पाथिभरा फार्मेसीका नामले औषधि पसल चलाउँदै आएका थिए । १० वर्षअघि प्रेम विवाह गरेका दुलालका ८ वर्षीय छोरा छन् ।

सम्बन्धित समाचार

रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो । घर...

गोकुल बाँस्कोटा भन्छन् : डिजाइनअन्तर्गत प्रधानमन्त्रीमाथि हमला 

काठमाडौं, १६ असार-पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेलगायत विषय डिजाइनअन्तर्गत भएको टिप्पणी गरेका छन् । जारी स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले सामाजिक...

लेखाका कर्मचारीको माग प्रदेश सरकारले सम्बोधन गर्ने, कर्मचारी फर्किए काममा

विराटनगर । कोशी प्रदेशका लेखाका कर्मचारीहरु शुक्रबारदेखि काममा फर्किएका छन् । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले न्यायोचित मागको सम्बोधन गर्न आवश्यक...

दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा रेजिडेन्ट...

भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर ल्याइँदै

भारतीय क्वारेन्टाइनमा रहेर आमाको किरिया गरिरहेका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट घर आउन पाउने भएका छन् । गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय...

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं, जेठ २-काठमाडौं उपत्यका भित्रिने सबै नाका कडाई गर्न नेपाली सेना परिचालन गर्न गृहकार्य थालिएको छ । कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो । बिहीबार काठमाडौं, भक्तपुर र...

नागरिकता विधेयकको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाम, ८ असार-नागरिकता ऐन २०६३ को शंसोधन विद्येयकमा राखिएको प्रावधानको प्रदेश २ का विभिन्न जिल्लामा विरोध बढ्दै गएको छ । यसैबीच, आज जनकपुरधाममा नागरिकता विद्येयकको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्