मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन

 न्यूज विराट
मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन

जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई सम्बोधन गरेका हुन् ।

केही दिनदेखि मुख्यमन्त्री हराए भनेर समाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । भाषण होइन कोरोनाविरुद्ध विशेष अभियान चाहियो विभिन्न क्षेत्रका व्यक्तिहरू बोलीरहँदा फेरी पुरानै कुरो दोह्राएका छन् ।

प्रदेशवासीलाई सम्बोधन गर्नुअघि उनले गृहनगर वीरगञ्जको क्वारेन्टाइन अनुमगन गरेका थिए । सम्बोधनका क्रममा राउतले संघीयता आफूहरूकै कारणले आएको जिकिर गरे । सम्बोधनका क्रममा उनले प्रदेश २ मा तत्काल ५० वटा भेन्टिलेटर सहितको सेवा सुरू हुने जानकारी गराए ।

प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पताल विरगंजमा १०/१० तथा अन्य जिल्ला अस्पतालहरूमा ५/५ गरी ५० थान भेन्टिलेटरको जडान, प्रत्येक जिल्लामा १/१ थान एम्बुलेन्स तथा शव बाहन उपलब्ध गराउने प्रकिया समेत अगाडि बढेको जनाएका छन ।

सम्बन्धित समाचार

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

नेकपा सचेतक चौधरीकाे आईसीयुमा उपचार हुँदै

काठमाडौं, २४ असोज-कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । उनको सचिवालयका अनुसार स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयुमा  सारिएको हो । चौधरीको अहिले वीर...

ज्ञानेन्द्रकाे सचिवालय भन्छ, ‘राजावादीकाे जुलुसमा हाम्राे सं‌लग्नता छैन’

काठमाडौं, १७ मंसिर-१५ मंसिर मध्याह्न काठमाडौंको सडकमा चर्को नारा उर्लियो, ‘राजा आऊ, देश बचाऊ ।’ यो नारा विराटनगर, बुटवल, धनगढी, पोखरा, हेटौँडा हुँदै काठमाडौं भित्रिएको हो । यी सबै सडक आन्दोलनमा राजनीतिक दलहरूको घोषित संलग्नता...

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी

बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...

विराटनगरवासी बाढीबाट सवैभन्दा बढी प्रभावित, सयौँ परिवार विस्थापित

विराटनगर, असार १६ । बाढी र डुबानका कारण मोरङमा १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वर्षापछिको बाढी र डुबानका कारण १...

कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...

दिल्लीका मुख्यमन्त्री केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

एजेन्सी, ३ जेठ । दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्