नेकपा सचेतक चौधरीकाे आईसीयुमा उपचार हुँदै - News Birat

नेकपा सचेतक चौधरीकाे आईसीयुमा उपचार हुँदै

न्यूज विराट
काठमाडौं, २४ असोज-कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । उनको सचिवालयका अनुसार स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयुमा  सारिएको हो । चौधरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।  

१९ असोजमा कोरोना पुष्टि भएपछि उनले आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी थिइन् । शान्ता स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनलाई २०७१ सालमा स्तन क्यान्सर पनि भएको थियो । भारतको नयाँ दिल्लीमा उपचारपछि उनले क्यान्सर जितेकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles