९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म ९ जना सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिन थालेपछि ४ वटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अपनाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शनिबार नेपाली सेनाका २ जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना जवानमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सङ्क्रमितमध्ये काभ्रेका २६ र महोत्तरीका ५२ वर्षीय पुरुष छन् । सङ्क्रमितहरुको यात्रा विवरण लगायतको विषयमा खोजी कार्य भइरहेको प्रवक्ता पाण्डेले बताए ।

गृह मन्त्रालयका अनुसार यो हप्तामा नेपाल प्रहरीको ३, सशस्त्र प्रहरी तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्ये कपिलवस्तुमा चार, काठमाडौंमा २ र बारामा १ जना छन् ।

विशेष गरी विभिन्न सीमा नाका, संक्रमितक्षेत्र, संक्रमित व्यक्तिको सम्बन्धमा आवश्यक सूचना सकंलन, बन्दाबन्दी कार्यान्वयन र उपत्यका प्रवेश नाकामा खटिएका सुरक्षाकर्मीहरू बढी जोखिममा रहेका छन् । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्म संक्रमित भएको पाइएको छ ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

कोशी अस्पतालका नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग

विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...

अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध बिमला वलीले प्रहरीमा दिइन् जाहेरी

काठमाडौं, २९ भदौ । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई...

माधव नेपालले प्रजातान्त्रिक पद्धतिको प्रणालीलाई नै विस्थापित गरिदिनु भयो : प्रदीप नेपाल

काठमाडौं, साउन २ । एमाले नेता प्रदीप नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई देखाइ दिने नाममा बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर अपराध गर्नुभएको ठोकुवा गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका नेपाल निकट नेता प्रदिपले माधवले गर्नुभएको यो नराम्रो...

युरोपको एक मात्र देश, जहाँ छैन कोरोना भाइरसको डर

एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, २३ असोज-भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

विराट व्यापार संघका अध्यक्ष खत्रीसहित चार जना सम्मानित

विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहित चार जना सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभाको अवसर पारेर...

सीमावर्ती जंगलमा नेपालीको गोली हानी हत्या

बर्दीया, १७ असार । बर्दियाको नेपाल–भारत सीमाक्षेत्रको जंगलमा निउरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । बिहीबार साँझ बर्दियाको गुलरिया नगरपालिका– ३ का ५४ वर्षीय हेमराज गोडियालाई गोली हानिएकाे हो ।उनीमाथि भारतीय वनरक्षकले...

९ करोड भ्रष्टाचारलाई राजनीतिक रङ दिँदै गच्छदार

काठमाडौं, माघ २३–बालुवाटारस्थित ललिता निवासको जग्गा खरिदबिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उपसभापति विजय गच्छदारले आफूविरुद्धको अभियोगलाई राजनीतिक रङ दिने प्रयास थालेका छन् । १३ पटकसम्म मन्त्री भइसकेका गच्छदारविरुद्ध हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्