भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, तर पनि रोकिएन अवैध प्रवेश

 न्यूज विराट
भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, तर पनि रोकिएन अवैध प्रवेश

बैतडी, ३ जेठ-भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका पाँच जिल्लाका ८४ ठाउँमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।

जसमा सबैभन्दा बढी कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा नौ, बैतडीमा पाँच र डडेल्धुरामा चार स्थानमा पोष्ट स्थापना गरिएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरिया कैलालीले जनाएको छ । भारतबाट अवैधरुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, पोष्ट र गुल्म स्थापना गरिएका वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए । बैतडीसहित सुदूरपश्चिमका सीमा क्षेत्रमा १ हजार ४०० सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

कांग्रेस नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौं, १३ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरूबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठको अवसरमा...

विराटनगरमा आज ३ बजे रथयात्रा निकालिँदै, यी ठाउँमा लिन्छ विश्राम

विराटनगर । विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको...

किमको उपचारका लागि चीनले पठायो चिकित्सकसहितको टोली

एजेन्सी, बैशाख १३-चीनले उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्यबारे सल्लाह दिनका लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् । किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको...

वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

काठमाडौं, ३ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ । वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै पौडेललाई निगमका कर्मचारीले पछिल्लो डेढ महिनादेखि कार्यालय प्रवेशमा रोक लगाएका...

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित भएको छ । नेपाल मेडिकल काउन्सिलको मंगलबार बसेको बैठकले कोरोना भाइरसका कारण परीक्षा स्थगित गरेको हो । आगामी ८ चैतमा परीक्षा गर्ने तयारी थियो ।

नेपाल एयरलायन्सको भाडादर घट्यो

काठमाडौं, ३१ जेठ-नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी  भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम...

रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सकियो, असोज २ कृषि एक्स्पो गर्ने तयारी

विराटनगर । प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्