किमको उपचारका लागि चीनले पठायो चिकित्सकसहितको टोली

 न्यूज विराट
किमको उपचारका लागि चीनले पठायो चिकित्सकसहितको टोली

एजेन्सी, बैशाख १३-चीनले उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्यबारे सल्लाह दिनका लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् ।

किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको टोली पठाएको हो । बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका वरिष्ठ सदस्यको नेतृत्वमा १ प्रतिनिधिमण्डल बिहीबार उत्तर कोरियाका लागि प्रस्थान गरेको थियो ।

यो विभाग छिमेकी उत्तर कोरियासँग काम गर्ने मुख्य चिनियाँ निकाय हो । सोलस्थित वेबसाइट डेली एनकेले १२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका किमको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ ।

दक्षिण कोरियाका सरकारी अधिकारी र चिनियाँ अधिकारीसँग सम्पर्कमा रहेकाे विभागले उनको स्वास्थ्य शल्यक्रियापछि गम्भीर खतरामा रहेको भन्ने भनाइको खण्डन गरेकाे थियाे । दक्षिण कोरियाका अधिकारीहरूले उत्तर कोरियामा कुनै असामान्य अवस्थाबारे संकेत नपाएको बताएका छन् ।

सम्बन्धित समाचार

विराटनगरको पोखरीया देशकै उत्कृष्ट सामुदायिक विद्यालयबाट सम्मानित

विराटनगर । विराटनगरमा रहेको रहेको पोखरीया उच्च माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भएको भन्दै सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच पोखरीया माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भन्दै सम्मान...

प्रदेश १ प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रमबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए । प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार...

बीपी प्रतिष्ठानबारे जाँचबुझ गर्न सरकारले बनायो समिति

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...

आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द

एजन्सी, बैशाख ७संयुक्त राज्य अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले दुई देशबीचको सीमा अझै एक महिना बन्द रहने जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमण...

प्रदेश १ का स्वास्थ्यकर्मीलाई निशुल्क सिमकार्ड वितरण गरिने

विराटनगर, वैशाख २–प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि ः शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध...

नोना कोइराला स्मृति दिवसमा ३५ सुत्केरीलाई न्यानो कपडा र पौषिलो खाना वितरण

विराटनगर, १५ माघ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले भर्खरै सुत्केरी भएका ३५ जनालाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरेको छ । प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्