काठमाडौं, २ जेठ-सरकारले भष्टाचार गर्ने जो कोहीले उन्मुक्ति नपाउने कुरा स्थापित गरेको दाबी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भष्टाचारजन्य कार्य गर्ने जोकोही कारबाहीमा परेको बताएकी हुन् ।
उनले जवाफदेहीविहीन स्थितिको अन्त्य गर्ने प्रयास भएको बताएकी छन् । त्यस्तै, सार्वजनिक सेवा गुणस्तर निरन्तर वृद्धि भएको र सरकारले निरन्तर सुशासन कायम गरेको राष्ट्रपतिको भनाइ हरेको छ । सरकार निरन्तर विकासमा लागेको उनले नीति तथा कार्यक्रममा सम्बोधन गरिन्।
उनले सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको दाबी पनि गरेन् । ‘सरकार २ वर्षको छोटो अवधिकामा उत्सहावर्धक उपलब्धि हाँसिल गर्न सफल भएको छ’ उनले भनिन् ‘यस अवधिमा भएका सामाजिक विकास १४ भन्दा बढी विश्व सूचक एवं सूचांकहरूमा नेपालले हासिल गरेको प्रगति नीतिगत प्रभावकारीको परिणाम हो।’
राष्ट्रपति भण्डारीले सामाजिक विकास र भौतिक प्रगति तीव्र गरेको बताएकी छन् । उनले विश्वव्यापरी १४ भन्दा बढी सूचकमा सरकारले सुधार गरेको दाबी गरेकी छन् । सरकार समृद्ध नेपालको अभियानअन्तर्गत अघि बढेको दाबी गरेकी छन् ।