लेटाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

 न्यूज विराट
लेटाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर, २४ मंसिर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई पुनः तीब्रता दिएको छ । चाडपर्वका कारण केही समय स्थागित गरिएको अभियानलाई मुक्ति समाजले मोरङले पुनः तीब्रता दिएको हो ।

समाजले जिल्लाका १७ वटै स्थानीय तहका सबै पालिका तथा वडामा संगठन सुदृढीकरण अभियान तीब्र पारेको हो । अभियान अन्तर्गत मोरङको लेटाङ नगरपालिकामा सम्पन्न भेलाले नगरपालिकाको ९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ ।

राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले टिकाबहादुर विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

नगर सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा कृष्णकुमारी विश्वकर्मा, सचिवमा संजय सुन्च्यूरी, सह–सचिवमा नगेन्द्र धमला र कोषाध्यक्षमा अनिषा परियार चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै भेलाले सदस्यहरुमा सन्तबहादुर विश्वकर्मा, हिमा बि.क., तिलमाया बि.क., सन्तोष दर्जी, विमला विश्वकर्मा, सम्झना विशंखे, लालबहादुर विश्वकर्मा, मन बहादुर विश्वकर्मा, हर्क बहादुर रसाइली, तारा सार्की, प्रमिला जैरे, मनिषा नेपाली, धनमाया मग्राती, फूलमाया बि.क., खड्गबहादुर बि.क., रुपा बराइली, आशबहादु रसाइली, सरण सुन्च्यूरी, तुलाराम शंकर, लक्षमण नेपाली, टिका रसाइली, सन्ध्या सुन्दास, ओमप्रकाश बि.क, उमेश ढ्याकी, सुमन पाख्रिनलाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा चन्द्रबहादुर बि.क, टिकाराम दर्जी, लिलम परियार, सुदन महते, याबबहादुर बि.क, चन्द्रबहादुर रसाईली, सन्तबहादुर बि.क., लालबहादुर नेपाली, भीम बहादुर लाम्गादे, फूलमाया बराइली, सिताराम सुन्दास, भीमबहादुर नेपाली, भक्तबहादुर रसाइली, सुनिता बराइली, सागर रसाइली, निरोज शंकर, डम्म। बहादुर बि.क., रचना परियारलगायत चयन भएका छन् ।

भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज जीतनारायण सरदारले गरेका थिए ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय सभाका पूर्वा सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ इन्चार्ज खेम नेपालीले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्व सांसद खेम नेपालीले सिंगो दलित समुदायको अधिकारका लागिसम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदार, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य डिल्ली विश्वकर्मा, गंगा विश्वकर्मा, मुक्ति समाजका केन्द्रीय सदस्य दिपेन्द्र पासवान, नेकपा (एमाले) लेटाङ नगर कमिटी अध्यक्ष कृष्ण लुइटेल, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मा, सचिव विनोद चाहारलगायतले लगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै लेटाङ नगरपालिकाका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए ।उनीहरुले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।

नेताहरुले एमालेकै नेतृत्वमा समृद्ध नेपाल शुखि नेपालीको नारा साकार बन्ने दावी गरे । उनीहरुले नवगठित कमिटीलाई शुभकामना दिँदै नगरका सवै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए । कार्यक्रममा लेटाङ नगरपालिकाको ९ वटै वडाबाट सयौँको संख्यामा दलित समुदायको सहभागिता रहेको थियो ।

सो अबसरमा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि संजय सुन्च्यूरी, हर्क रसाइली, तिलमाया बि.क. नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नव प्रवेशीलाई टिका लगाएर नेताहरुले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान...

देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा

सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे । हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः थप एक लुटेरा पक्राउ

विराटनगर, २ कात्तिक । मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा लुटपाट गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियस्थित सिटिजन्स बैंकको शाखा लुटपाटमा संलग्न मध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको...

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर, ५ वैशाख-प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा समाभुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको हिउँदे अधिवेशन अन्त्यको पत्र पढेर सुनाएसँगै हिउँदे अधिवेशन अन्त्यको भएको...

मोरङको पथरीमा हराएको टाटा पिकअप विराटनगरमा भेटियो

विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्