प्रहरी जवान मृत्यु प्रकरणमा छानविन समिति गठन

 न्यूज विराट
प्रहरी जवान मृत्यु प्रकरणमा छानविन समिति गठन

सुर्खेत, १ जेठ-प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएको सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । मृतकका आफन्तले घटना शंकास्पद भन्दै छानविनको माग गरेपछि प्रदेश प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)राजेश बाँस्तोलाको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाले समितिले शुक्रबारदेखि छानबिन सुरू गर्ने बताए । ‘भोलिसम्म शव परीक्षण रिर्पोट आइपुग्छ, त्यसपछि समितिले छानविन सुरू गर्छ,’ उनले भने, ‘घटनाबारे प्रश्न उठिसकेपछि गहिरो अनुसन्धान गर्न छानविन समिति गठन गरिएको हो, शव परीक्षण रिपाेर्ट र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।’

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत खड्का सोमबार सम्पर्कविहीन भएका थिए । मंगलबार बिहान चौकीदेखि अन्दाजी १५ सय मिटर टाढा पेस्तोलसहित उनी मृत अवस्थामा भेटिएका थिए । आफन्तहरूले आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छन् ।

मृतकका दाजु यामबहादुर खड्काले चौकी इञ्चार्जको पेस्तोल कसरी जवानको हातमा पुग्यो  भनेर प्रश्न गरे । ‘ढाडमा नीलडाम, बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाल देखिन्छ’, उनले भने, ‘आत्महत्या गरेको व्यक्तिको हातमा पेस्तोल कसरी रहन सक्छ ? घटना शंकास्पद छ ।’ यामबहादुरले चौकी इञ्चार्ज असई देवबहादुर थलालसहित ४ प्रहरीविरुद्ध किटानी जाहेरी दिने बताए । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

कोभिड-१९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना संक्रमणबाट यो साता बेलायतमा दुई र अल्जेरियामा एक गरी थप तीन जनाको मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना...

१७ र २७ वैशाखमै निर्वाचन हुन्छ, एक दिन तलमाथि हुँदैन : ओली

काठमाडौं, २५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता...

दिल्ली विधानसभाः केजरीवाललाई बहुमत, भाजपालाई फाइदा

एजेन्सी, माघ २८–दिल्ली विधानसमा निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहान सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार अरविन्द केजरिवालको आम आद्मी पार्टी (आप) ले स्पष्ट बहुमत पाउने देखिएको छ । सुरुवाती मतपरिणाममा आम आद्मी पार्टी...

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं, १८ पुस । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ।नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो।नयाँ माग अनुसार १२० जना खुला,...

कुवेतमा तीन जना नेपालीमा कोरोना संक्रमण

कुवेतमा थप तीनजना नेपालीलाई कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ ।कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका ८० नयाँ संक्रमित मध्ये तीनजना नेपाली हुन् । हालसम्म कुवेतमा १ हजार ९ सय ९५ जना कोरोना...

सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता, तीन वटा फाइकल खेल्ने एक महिला

विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल...

सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री र पोषिलो खानेकुरा

विराटनगर, ५ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित कोशी अस्तालको प्रसुती गृहका सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको...

मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्