अमेरिकामा ३ लाख संक्रमित कोरोना जितेर घर फर्किए

 न्यूज विराट
अमेरिकामा ३ लाख संक्रमित कोरोना जितेर घर फर्किए

एजेन्सी, जेठ १-कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा निको हुनेको संख्या ३ लाख १० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १४ हजार बढी व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । अहिले अमेरिकामा १० लाख ३४ हजार व्यक्ति संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १६ हजार ३ सय व्यक्तिको अवस्था गम्भीर रहेको छ ।

हाल पनि संक्रमण र मृत्युदर तीव्र गतिमा बढिरहेको अमेरिकामा १४ लाख ३० हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । जसमध्ये ८५ हजार संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा अमेरिकामा २१ हजार ७ सय नयाँ संक्रमित थपिँदा १ हजार ७ सय व्यक्तिले ज्यान गुमाए ।

विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म विश्वभर ४४ लाख २५ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १६ लाख ५७ हजार संक्रमित उपचारपछि निको हुँदा २ लाख ९७ हजार ७ सय व्यक्तिको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

आज भाइटीका लगाइँदै

काठमाडौं, १ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र...

पोखरीमा डुबेर विराटनगरका एक जना युवाको मृत्यु

विराटनगर । विराटनगर १९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । विराटनगर १९ का ३० वर्षीय फुलूँ ऋषिदेव पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।...

सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित

डढेल्धुरा, २१ जेठ-सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका...

इन्टरनेटमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, २४ कात्तिक-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

कोरोना प्रभाव सिराइचुली मेला यस वर्ष स्थगित

मुग्लिन, ३०-चैत-पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना...

मोरङ कारागारका कैदी बन्दी आन्दोलित

विराटनगर ।  मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका  कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले  कैदी बन्दीहरुलाई  अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्