आज भाइटीका लगाइँदै

 न्यूज विराट
आज भाइटीका लगाइँदै

काठमाडौं, १ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो,’ उनले भने ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

सम्बन्धित समाचार

उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि...

सुनचाँदी व्यवसायी विश्वकर्माको हत्या घटनाकाे विराेधमा लहानमा प्रदर्शन

लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । सुनचाँदी व्यसायी, संयुक्त दलित संघर्ष समिति सिरहा, विश्वकर्मा समाज र नागरिक समाज सम्मिलित संयुक्त संघर्ष समितिले आज विराेध प्रदर्शनसहित लोकतान्त्रिक चोकमा कोणसभा...

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल चल्दै, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं, २० साउन-पार्टीभित्र देखिएको विवादका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन भएकी छिन् । उनी वर्ष २०२२–२३ का लागि अध्यक्षमा चयन भएकी हुन् । महिलाहरुलाई संगठित गरेर विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै...

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...

समाजसेवी गोयलले भद्रपुरमा विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो । भद्रपुर...

‘लक डाउन’ मा विराटनगरमा झडप

विराटनगर, चैत ११–नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । विराटनगर गुद्रीबजार स्थित अतिआवाश्यक सेवा वाहेकका अन्य सवै सेवा...

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्