दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे हाे ।
कालापानीनजिकै छाङ्गरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बीओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली आफ्ना बन्दोबस्तीका साथ छाङ्गरु जाने कार्यक्रम छ ।
छाङ्गरुमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन्। उनीहरूले सीमारक्षा गर्नुका साथै अपराध नियन्त्रणमा समेत भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको छ ।