विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता
बुधबार, ११ माघ, २०७९,
न्यूज विराट
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ । प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको खाद्यबस्तुको परीक्षणको अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्यात हुने ७ वटा खाद्यबस्तु र २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । एनएबीएल भारत सरकारको विज्ञान तथा औद्योगिक विभाग अन्तर्गत रहेको स्वायत्त निकायको हो । भारत तथा अन्तराष्ट्रियस्तरका वस्तु आयात–निर्यातका लागि आवश्यक जाँच गर्ने गर्दछ ।
एनएबीएलको मान्यता पाएसँगै नेपालबाट निर्यात हुने वस्तुको प्रयोगशाला परीक्षण प्रतिवेदन भारतका निकायले स्वीकार गर्ने भएको उनले बताए । एनबीएलले स्पाईसेस, अदुवा, अलैंची, पानजिरा, धनिया, ल्वाङ्ग र मरिच, चिया–कफी, खाद्यन्न तथा खाद्य उत्पादन, मह, घ्यू–तेल, फलफुल तथा तरकारी र दूध निर्यातका क्रममा गरिने प्रशोगशाला परीक्षणलाई मान्यता दिएको छ । स्वदेशी उद्योगहरूले विदेश निर्यात गर्नुभन्दा अगाडी ल्याब परीक्षण गरिनुपर्ने थियो । प्रदेश १ मा रहेको उद्योगहरुको उत्पादन यसअघि काठमाण्डौंस्थित खाद्यप्रविधि विभागको ल्याबमा पढाउनुपर्ने बाध्यता रहेको थियो । काठमाण्डौपछि विराटनगरको खाद्य प्रविधिको ल्याबले मान्यता पाएको हो । स्थानीय स्थरमा अन्तर्राष्ट्रिय स्तरमा निर्यात गर्ने खाद्यबस्तुको परीक्षण रिपोट विराटनगरबाट पाउनेभएपछि स्थानीय उद्योगी व्यवसायीहरुलाई पनि सहज भएको छ ।
मान्यता दिएसँगै खाद्यको प्रयोगशालालाई दुईवर्षसम्मको सर्टिफाइड ल्याबको प्रमाणपत्र दिने भएको छ । प्रमुख रिजालका अनुसार यहाँ परीक्षण गरेर पठाइएका वस्तुसँग २३ पारामिटरको सहि विश्लेषण देखिएपछि प्रमाणित गरेको हो ।
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...
विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...
विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...
विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।