जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
कोरोना पुष्टि भएका ४० वर्षीय पुरुष पत्रकार लामो समयदेखि जनकपुरमा कार्यरत छन् । घर र कार्यालय मात्रै आउजाउ गर्ने गरेका ती पत्रकारमा कसरी कोरोना सर्याे भन्ने विषयमा अनुसन्धान सुरू गरिएको प्रजिअ निरौलाले बताए ।
करिब १ साताअघि पत्रकार महासंघ धनुषाबाट नेपाली सेनाको टोलीले २१ जना पत्रकारको स्वाब संकलन गरेर लगेको थियो । जसमध्ये १ पत्रकारमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित पत्रकारको परिवार र कार्यालयमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ । त्यस्तै, अर्का कोरोना संक्रमित पुरुष पुस्तक व्यवसायी रहेको बताइएको छ ।