नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे

 न्यूज विराट
नेकपा स्थायी कमिटी बैठक  बुधबार बिहान ११ बजे

काठमाडाैं, ३० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।स्थायी कमिटी सदस्य मणि थापाका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २ दिनअघि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो । २ जेठमा सरकारले संसदमा नीति तथा कार्यक्रम पेस गर्दैछ ।

यसअघि २५ वैशाखमा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । २४ गते सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली बीचमै उठेर हिँडेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।

त्यसपछि दुई अध्यक्षबीच पटक–पटक छलफल भएको थियो । स्रोतका अनुसार सोमबार दुई अध्यक्षबीच भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति बनेको हाे ।

अध्यक्ष दाहालले नेतृत्वसँग असन्तुष्ट सांसदले नीति तथा कार्यक्रमको विरोध गर्न सक्ने औँल्याएपछि ओली बैठकका लागि तयार भएका बताइएको छ । भीम रावल, देव गुरुङलगायतका नेता नीति तथा कार्यक्रमको विरोध गर्ने तयारीमा छन् ।

सम्बन्धित समाचार

धनगढीमा पनि कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिए

कैलालीको धनगढीमा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित बिरामी भेटिएका छन् ।सेती प्रादेशिक अस्पतालमा रहेका ३४ वर्षीय एक नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले...

दुई जनाको दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति शुक्रबार मात्रै गर्ने

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति भोलि शुक्रबार प्रदेश प्रमुख पशुराम खापुङ्गले गर्ने भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ।...

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असार-आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी...

विद्याथीको रोजाइमा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण घटेको छैन । बरु यो आकर्षण अहिले पनि नघटी वरु अझ बढ्दो छ । पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङप्रति आकर्षण बढेर गएको हो । विद्याथीको...

ग्रामथानको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान, आजै राती १० बजेबाट गणना गर्ने तयारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...

रोटरी क्लब अफ विराटनगर डाउनडाउनद्वारा निःशुल्क आँखा शिविर, १२० जनाले गराए परिक्षण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर वन कार्यालय नजिकै रहेको मानव सेवा आश्रममा क्लबले निःशुल्क आँखा शिविर आयोजना गरेको हो । रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा...

बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक  जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...

नर्सिङ्ग क्याम्पसको प्रशासनिक र प्रमुखको आवास गृह उद्घाटन

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसको शैक्षिक, प्रशासनिक एवं क्याम्पस प्रमुखको आवास गृहसहितको भवन संचालनमा आएको छ । क्याम्पसन परिसरमा तीन तलाको भवनको बुधबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।उक्त आवास गृहसहितको प्रशासनिक भवनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्