आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

 न्यूज विराट
आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असार-आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जसका कारण ती क्षेत्रहरूका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाद्वारा प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा आज कोसी, कन्काई, कमला, बागमती, नारायणी, पश्चितम सेती बबई लगायत नदीमा बहाव बढ्ने जनाइएको छ । भोलि सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने मौसमविद्ले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...

प्रदेश १ सरकारले कोरोना खोपको दुरुपयोग गर्याेः कांग्रेस

विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई

काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १६ असार-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...

नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, ११ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलालाई आज साँझ राष्ट्रपति...

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

भरतमा एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

एजेन्सी, १० पुस । भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्