काठमाडौं, २९ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तथा छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आगामी आर्थिक वर्षको लागि साउनमा मात्रै पूरा बजेट ल्याउन आग्रह गरेका छन् ।
संक्रमितबाट पर्ने समस्या र क्षति न्यूनीकरणको उपायका लागि तत्काल एकिन गर्न नसक्ने अवस्था रहेकोले साउनमा पूरक बजेट ल्याने गरी अहिले बजेट पेस गर्न माग गरेका हुन् ।
रिजालले प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे धारणा राख्दै संविधानको धारा ११९ अनुसार जेठ १५ गते सीमित बजेट ल्याउन सुझाव दिएका छन् । त्यस्तै, संविधानको धारा १२१ को व्यवस्थाअनुसार पूरक अनुमान ल्याउन सुझाव दिएका छन् ।
उनले पर्यटन क्षेत्रबाहेकका अन्य क्षति अहिले एकिन गर्न नसकिने अवस्था भएकोले यसरी बजेट ल्याउन आवश्यक रहको औँल्याएका हुन् । उनले रोजगारी कसरी सिर्जना गर्ने आगामी नीति कस्तो लिने भन्ने विषयमा सदनमा संकल्प प्रस्ताव ल्याउने र त्यो संकल्प प्रस्तावमा प्रयाप्त छलफल गरेर बजेट ल्याउँद राम्रो हुने बताए । बजेट ठूलो आकारको ल्याएर तालिको पछि नलाग्नको लागि पनि नेता रिजालले आग्रह गरेका छन्।