काठमाडौं, २९ वैशाख-सरकारले सीमा सुरक्षा बढाउँदै लगेको दाबी गरेको छ । निरन्तर बिओपी संख्या बढाउने र सुरक्षाकर्मीको संख्या पनि बढाउने निर्णय लिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका छन् ।
उनले विगतमा कमजोर उपस्थितिको कारण पनि भारतले बल मिच्याइ गरेको अवस्थामा बलियो बनाउँदै लैजाने संकते गरेको हुन् । ज्ञवालीले दार्चुलाको छाङ्गरुममा बिओपी निर्माण गर्न थालिएको जानकारी गराए ।
‘विगतमा हाम्रो प्रिजेन्स कम भएको हो, अहिले तत्काल छाङगरुमा बिओपी निर्माण गर्न थालेका छौँ, हेलिकोप्टरबाट सामान लगेर पनि १/२ दिनमा नै बिओपी बनाउछौँ’ ज्ञवालीले भने ।
उनले सीमा क्षेत्रमा पनि सुरक्षा बढाइएको बताएका छन् । कोरोनाको कारण भए पनि अहिले सीमा क्षेत्र शील गर्नको लागि २२ हजार सशस्त्र खटाइएको छ पछि पनि बढाउँदै लैजाने छौँ’ ज्ञवालीले भने । भारतले कोरोनाको संक्रमण कम भएपछि भारतले वार्ता गर्ने प्रस्ताव गरे पनि सरकारले छिटो वार्ता गर्ने पक्षमा रहेको उनलेको प्रतिक्रिया रहेको छ ।