पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा  २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

विराटनगर, ८ मंसिर–प्रदेश १ मा सोमबार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा चार, इलाम, उदयपुर र धनकुटामा तीन÷तीन, तेह्रथुम र भोजपुरमा एक÷एक र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ४९, मेचीनगरमा नौ, कनकाईमा आठ, भद्रपुरमा छ, विर्तामोडमा पाँच, अर्जुनधारामा चार, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा दुई÷दुई, हल्बिारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको इटहरी र धरानमा २०÷२०, बराहक्षेत्रमा चार, बर्जुमा तीन, इनरुवामा दुई, रामधुनी र भोक्राहानरसिंहमा एक÷एक, मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा दुई÷दुई, पथरीशनिश्चरे, बुढीगंगा, लेटाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको चैनपुरमा एक, मकालुमा १०, ताप्लेजुङको फुङलिङमा नौ, पाथीभरा याङवरकमा एक, खोटाङको खोटेहाङमा चार, इलामको इलाम नगरपालिकामा दुई, स्थानीय तह नखुलेका एक, उदयपुरको त्रियुगामा दुई, चौदण्डीगढीमा एक, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र चौविसेमा एक÷एक, तेह्रथुमको लालीगुराँसमा एक, भोजपुरको आमचोकमा एक र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय १८ पुगेको छ ।

प्रदेश १ मा सोमबार ९१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८७, मेची अस्पतालबाट तीन र विराट मेडिकल कलेजबाट एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ९ सय ९० पुगेको छ ।

प्रदेश १ मा सोमबार ९ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १ सय ४८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हाल सम्म १ लाख ८४ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जम्मू-कश्मीरकाे मन्दिरमा भागदाैड मच्चिँदा कम्तीमा १२ जनाकाे मृत्यु

एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

अब सामाजिक सुरक्षा कोषमा विदेशिएका नेपाली पनि समेटिने

काठमाडौं, २ जेठ-वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको पनि अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विदेश गएर कमाइ गर्ने व्यक्तिहरूलाई...

अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो ।  गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...

सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नु बताएका छन् । मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । यही...

सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

काठमाडौं, १५ पुस । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो । लाइसेन्स...

कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए...

पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे

विराटनगर, १५ साउन । पूर्वाञ्चल सुरक्षा व्यवसायी संघ १ नम्बर प्रदेशको छैठौ अधिवेशनवाट सुरक्षा व्यवसायी एवंम समाजसेवी तिर्थराज घिमिरे सर्वसम्मत चयन भएका छन । शनिवार वेलवारीमा भएको सो अधिवेशनबाट ११ सदस्यीय चयन गरिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्