सीमा सुरक्षा कमजोर भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा स्वीकार

 न्यूज विराट
सीमा सुरक्षा कमजोर भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा स्वीकार

 काठमाडौं, २९ वैशाख-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा क्षेत्रमा नेपालको उपस्थिति कमजोर भएको स्वीकार गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतसँग सीमा जोडिएका पश्चिमी नाकामा केही दिनमै बीओपी थप गर्ने प्रतिबद्धता जनाएका छन् ।

सीमा क्षेत्रमा सुरक्षा संयन्त्र कमजोर भएको स्वीकार गर्दै उनले दार्चुलाको नेपाल भारत सीमा क्षेत्रमा केही दिनमै बीओपी थप गर्ने जानकारी गराए ।

सीमा क्षेत्रमा हाल २३ हजार ६ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको र त्यसलाई बढाउने उनको प्रतिबद्धता छ । उनले भारतले नेपालको सीमा मिचेर सडक निर्माण गरेको विषयमा भारतसँग तत्काल छलफल गर्ने पक्षमा आफूहरु रहेको बताए ।

सम्बन्धित समाचार

विराट गोल्डकप, थिम्पुलाई पराजित गर्दै घरेलु टिम सांग्रीला सेमिफाइनलमा

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले लगानी गरेको घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, फागुन १९–धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटाको पाख्रिबास–६, फलाटे डढुवाका २६ वर्षीय पवन राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराति १० बजे घरमा बिजुली नआएका कारण घर नजिकै रहेको...

आज १९४५ संक्रमित थपिए, ५३६४ जना डिस्चार्ज

काठमाडौं, ५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या...

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

मस्को, जेठ १८–रुसमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार रुसमा आइतबार दिउँसो सम्ममा रुसमा कुल संक्रमितको संख्या ४ लाख ५ हजार ८ सय ४३ पुगेको हो । रुसमा पछिल्लो २४...

कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित

काठमाडौं, ३० चैत-विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको...

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

कोरोनाबाट थप सातको मृत्यु, २३१ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, १४ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल–...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्